
काठमाण्डौ -केहि समय पहिले सार्वजनिक भएको तीज गीत चरी जेलैमा नामक गीतको चर्चा सेलाउन नपाउदै बिष्णु माझिको आवाजमा नयाँ लोक दोहोरी गीत यर्थाको जिन्दगी डिजिटल बजारमा सार्वजनिक भएको छ।
तीज गीत चर्चामा आएसँगै माझीको निकै खोजी समेत भएको छ । उनको पछिल्लो गीतलाई पनि माझीको यस अगाडिका गीत जस्तै सबैले माया गरिदिने निर्माण पक्षले विश्वास लिएको छ ।
माया प्रेम माथि बनेको निकै उत्कृष्ट गीतमा विष्णु माझी र विक्रम परियारको आवाज रहेको छ भने शिव सुवेदीको शब्दलाई प्रसाद लामिछानेले लय सिर्जना गरेका छन् ।
विनोद भण्डारीले निर्देशक गरेको गीतमा आशा खड्का र कमल अर्यालको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो :