२ बर्ष अघि डी भी परेर अमेरिका गएका यि युवक बाकस मा फर्किए पछि…


काठमाडौँ । अमेरिकाको विसकन्सिन राज्यमा मृत्यु वरण गरेका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव गैर आवासीय नेपाली सङ्घ अमेरिकाको पहलमा बुधवार नेपाल ल्याउन लागिएको छ ।

गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागरका अनुसार सृजनको शव अगष्ट १८ तारिख बुधवार साँझ ७ बजेर ५० मिनेटमा कतार एयरवेजबाट नेपाल पठाउने उडान तालिका प्राप्त भएको छ ।सृजनको शव नेपाल ल्याउनको लागि गोफण्ड मार्फत रकम संकलन गरिएको थियो ।

अहिलेसम्म गो फण्डबाट २५ हजार डलर सङ्कलन भैसकेको बताइएको छ ।उनी काममा रहेको समयमा नै अचानक मुर्छित भएपछि नजिकैको अस्पतालमा पुर्‍याएको थियो ।

सो अस्पतालले सृजनको थप परीक्षण र उपचारका लागि अर्को ठुलो अस्पताल पठाएको थियो । त्यहाँ पनि कुँवरको उपचार सम्भव नभएपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

तर अमेरिकी दूतावासबाट भिसा अस्वीकृत गरेकोले आफ्नो प्रिय छोरा सृजनको प्राण विहीन शरीरलाई एक पटक हेरेर मात्रै मृत्यु संस्कार गर्ने बुवा कृष्णहरि कुँवरको चाहना अनुरूप नै शव नेपाल

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post