कठै बिचरा, १४वर्षको उमेरमा बिहे गरेर २२वर्षमा श्रीमानले सौता हाल्यो ३ छोरा छोरीको बिचल्ली हेर्नुहोस् भिडियो

झापा जिल्ला दमक नगरपालिका घर भएकी मनिषा तामाङ ले आफू १४ वर्षको हुँदा मिलन तामाङसँग बिहे गरेकी थिइन्।उनी अहिले मात्र २२ वर्षकी भइन् र उनका तीन जना छोराछोरी समेत भइसकेका छन्।

उनको श्रीमान गत असार २४ गतेदेखि गाउँकै एकजना अर्कैकी श्रीमतीसँग हराइरहेको भन्ने थाहा पाएर उनी आफ्नो श्रीमानको खोजी गर्न भनी युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठसँग आइपुगेकी छिन्।

धेरैले गाउँमा उनीहरू दुवैजना सम्पर्कविहीन भएको भनेर उनीहरूले बिहे गरेको हुनसक्ने भन्दै अनुमान लगाइसकेका छन्।उनीहरू सम्पर्कमा नआएको भएर मात्रै उनीहरूलाई शंका गरेको नभइ उनीहरूबीचको सम्बन्धको बिषयमा मनिषाले पहिले देखि नै अड्कल काट्दै आइरहेकी थिइन् तर पनि दाजुबहिनी भन्दै बोलचाल गरेका कारण उनलाई त्यति धेरै शंका लागेको थिएन

अहिले उनको श्रीमान मिलन तामाङसँग भागेको भनिएकी महिला पनि बिबाहित नै हुन् र उनको पाँच वर्षको छोरी समेत भएको उनले बताएकी छिन्।मनिषा त्यी महिलाको श्रीमानसँग पनि सम्पर्क गरिन् र उनले पनि आफ्नो सानो नानी भएको र नानीकै लागि भए नि म श्रीमती आएदेखी स्वीकार गरेर राख्ने पनि उनले बताएका थिए।

त्यतिबेला उनीहरूले एक अर्कामा मन पराएरै बिहे गरे।अहिले उनको श्रीमान मिलन तामाङ २७ वर्षको भए।अहिले सम्म उनको श्रीमानसँग खासै नराम्रो सम्बन्ध पनि थिएन।नानीहरू अहिले सानासानै छन्।आफ्नो घर नभएको कारण अर्काको घरमा आएर बसेकी छिन् उनी।छोराछोरीलाई पढाउने बेलामा श्रीमानले सौता हालिदियो भन्दै उनी आफ्नो सोझोपनको फाइदा उठाएको भनेर आफ्नो पीडा व्यक्त गर्दछिन्।

नानीहरूलाई हुर्काउनु,पढाउनु,बढाउनु पर्ने छ,नानीहरू रातदिन बाबा खै भनेर सोध्छन्,श्रीमती बाबा बाहिर जानुभएको छ आउनुहुन्छ भन्दै भुल्याउँदै गर्छिन्। उनको श्रीमान मिलन तामाङ ट्याक्सी चलाउँदै आइरहेका थिए र त्यस दिन हिँड्ने बेलामा पनि आफू काठमाडौँ जानुपर्ने र साथीको गाडी चलाउनु पर्ने, सामान छ पुर्‍याइदिनुपर्ने भन्दै हिँडेका र १५-१६ दिनमा फर्कन्छु भनेका अहिलेसम्म नफर्केपछी उनी श्रीमान खोजी गरिदिन आग्रह गर्दै मिडियामा आएकी हुन्।

(भिडियो):-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post