छोरी बिष्णु बरालको दाइजो माइती आइपुग्यो आमाले रुदै यसो भनिन् कठै यस्तो त कसैलाई पनि नहोस हेर्नुहोस भिडियो


बिष्णुका घर परिवारले माइती\पक्ष्यलाई दाइजो फिर्ता गरेका छन्। बिहे गरेको २७ दिनमा मृत अवस्थामा फेला परेकी रुपन्देहीको बिष्णु बराल क्षेत्रिलाई परिवारजनले दाइजोको कारण आत्महत्या गर्न बाध्य बनाएको भनिदै माइतीपक्षले दाबि गर्दै आएका थिए।

विष्णुका माइतीले बारम्वार आफ्नी छोरिलाई दाइजो कम ल्याएको भन्दै मानसिक यातना दिने गरेको माइती पक्षकभनाइ छ।यसै बीचमा माइती पक्ष र श्रीमान लगाएतका बिभिन्न बिषयमा संचार माध्यममा टिकाटिप्पणी सार्बजनिक भएका थिए। घर पक्षले भने बिष्णुलाई कुनै पनि प्रकारको यातना नदिएकोबताउदै आएको छ।

यसै बिच दाइजोकै बिषयलाई लिएर बिभिन्न प्रतिक्रिया आएपछि घर पक्षले बिबाहमा माइती पक्षले दिएका सम्पूर्ण दाइजो र गहना फिर्ता गरिएको छ। सम्भब यो नेपालकै इतिहासमा नौलो घटना हो। उनीहरुले बुहारी नै नरहे पछि दाइजो नै फिर्ता गरेका हुन्।

बिष्णुलाई मानसिक रोगि थियो भनि प्रदिपका परिवारले भने लगत्तै बिष्णुको आमा मिडियामा आएको थिइन् । मैले मेरी छोरिलाई जन्माएर २३ बर्ष सम्म पाले उसमा केहि देखीन यो घरमा बिहे गरेर आएको २७ दिन भयो उनिहरुले कसरि भन्न सके। मैले आज सम्म मेरी छोरिलाई कुनै अस्पतालमा लागेको छैन

उसले कुन अस्पतालमा लगेर जाच गरेको रहेछ डाक्टर र सबै रिपोर्ट मलाई चाहिन्छ भनेकी थिइन् । बिष्णुको न्यायको लागि आज प्रदिपको घर आगाडी गाउले हरु सबैले घेराउ गर्न पुगेका छन्। बिष्णुको आमा छोरि घरमा पुग्दा उनले घरको दैलो टेक्न पनि पाएकी थिइनन् ।

यदी मेरो छोरि मारेका होईनन भने बाहिर आई बोले हुन्छ किन भित्र बसेका छन् त्यो पनि भनेकी थिइन् ।

बिहे अगाडी बिष्णु र प्रदिपको झगडा हुने गरेपछि बिहे पछि अब ज्वाई झगडा नगर्नुहोला मैले राम्रो सुन्न पाम भनेको थिए उसले त बुढीले मलाई घर नआइजा भनिस भनेका थिए ,र म एकल महिला देखेर उसले दाइजो मा वासिन मेसिन र टी भी लिने पैसा नभए मैले हाल्दिन्चु भनेका थिए।

छोरि बिष्णुलाई मानसिक रोगि भनेपछि यसको बारेमा कि आमालाई सोध्नु पर्थ्यो कि त अस्पताल लैजानु पर्थ्यो पनि भनेका छन्। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post