मध्यरातमा नाठोसँगै भेटिएकी महिला ले खोलिन् पर पुरुषसँग लाग्नुको भित्री रहस्य (हेर्नुहोस् भिडियो


अहिले युट्युवमा श्रीमान श्रीमतीका विवाद र वहुविवाह लगायतका विषय हेडलाइन बन्ने गरेका छन् । कसको श्रीमती को संग गयो ? रंगेहात कोठामा पक्राउ परे लगायतका भिडियो ट्रेण्डिङमा आउने गरेका छन् ।

 पत्रकारीताको मर्म र क्षेत्रमै नपर्ने यस्तो घटनाहरुले सामाजिक सञ्जाल र युट्युव ढाकेका छन् । नितान्त ब्यक्तिगत जीवनमा प्रवेश गरेका युट्युवरहरुले प्रहरीले जस्तै कोठा कोठामा छापा मार्ने गरेका छन् ।एउटा क्यामेरा लिएर अरु सुतेका कोठामा लेन्स घुमाउँदै पुग्ने युट्युवरले महिलालाई सोध्ने प्रश्नले वास्तवमै यो समाज कता जाँदैछ भन्ने देखाउँछ । तपाईको ल सप स यो पुरुषसंग मात्र हो की अरु पनि छन् तपाईका केटा ? पत्रकार दावी गर्दै अरुको कोठामा छापा मार्न पुगेका युट्युवरले महिलालाई सोधेको प्रश्न हो यो ।

तपाईको श्रीमान हामीले लिएर आएका छौं तपाईको श्रीमान निकै पीडित हुनुहुन्छ, क्यामेरा लिएर कोठामा पुगेका युट्युवरले एक महिलाको अस्मिता माथि गरेको प्रश्न हो । पारिवारिक विवादका कुरा आफै नमिलाएर क्यामेरा र युट्युवर बोलाउने समाजका पुरुषवादी सोचका कारण अहिले दिनहुँ महिलाका विषय यसरी उचालिने गरेका छन् । उनीहरुको इज्जत, सम्मानलाई क्योमेराको लेन्सले धज्जी उडाइरहेको छ ।

तल उल्लेख गरिएको यो भिडियोमा महिलाको सम्बेदनशिलता, पारिवारिक विवाद माथि युट्युवरको डलर खेती राम्ररी देख्न सकिन्छ । यो भिडियोमा पत्रकारीताको धर्म कत्तिको निर्वाह भएको छ त्यसको मुल्याकंन आफै गर्न सक्नुहुनेछ ।

(हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post