
नागरिकता बनाउन र अन्य सरकारी कामकाजका लागि कहिलेकसो मात्रै दार्चुला सदरमुकाम झर्छन् व्याँसवासी । नेपाली भूमी भएर खलंगा पुग्न एक दिन पुरै लाग्छ। पहाडको बाटो असुरक्षित ।
जोखिमको यात्रा गर्नुपर्छ। जयसिंह धामी तुइन तर्ने क्रममा महाकालीमा बे-प-त्ता भएको घ-ट-ना-पछि उनीहरूका लागि भारतको बाटो पनि बन्द भएको छ । भारतको बाटो हुँदै सदरमुकाम आवतजावत गर्ने व्यासवासीले अहिले चरम स-म-स्यामा परेका छन्।त्यसैमाथि मालगाउँमा खाद्यान्नको संकटपूर्ण अवस्था सिर्जना भएको बताउँदै भाकभोकै बस्नुपर्ने स्थिति आएको बताउँछन् स्थानीय हर्कसिंह काकी ।
लगातार ५ घण्टा हिँडेर सुन्सेरा पुगिन्छ,’ उनले भने, ‘त्यहाँसम्म ट्याक्टरमार्फत खाद्यान्न ढुवानी हुने गरेको छ। तर अहिले वर्षाका कारण बाटो अवरुद्ध भएपछि त्यहाँ पनि खाद्यान्नको अभा-व छ ।व्याँस गाउँपालिका–२ राप्लास्थित मालगाउँ जोड्ने तुइन बन्द भएको १५ दिन बढी भइसकेको छ । खाद्यान्नको सं-क-ट भइसकेको छ।’ कतिपयले त लुकीछिपी रातिको समयमा तुइन प्रयोग गरिरहेका छन्भ
ने अन्यले जिल्ला सदरमुकाम खलंगा पुग्न असुरक्षित बाटोमा जोखिम मोलिरहेका छन् । भएका केही पलहरूमा दाल चामल नै छैन भने उपलब्ध सामान पनि चर्को मूल्यमा खरिद गर्न मालगाउँवासी बाध्य छन् ।एक लिटर तेलको मात्रै ३ सय ७० रुपैयाँ पुगेको छ । विगतमा दैनिक उपभोग्य सामग्री भारतबाटै ल्याउन सजिलो हुने गरेको अर्का स्थानीय कल्यानसिंह कार्कीले बताए ।
उनले भने, ‘कसैको घरमा छाक टार्न चामल छैन । कसैको घरमा नुन सकिएपछि तरकारी पकाउन नपाएर रोटी मात्रै खाइरहेका छन्।’ खाद्यान्न आपूर्तिका लागि स्थानीय तहसँग पटकपटक आग्रह गर्दा पनि कुनै वास्ता नगरेको उनको आ-रो प छ ।व्याँस गाउँपालिकाको वडा नम्बर २ राप्लामा तीन सय बढी परिवारको बसोबास छ। माल गाउँमा मात्रै ७० बढी परिवार बसोवास गर्छन्। व्याँसको राप्ला, दुम्लिङलगायत क्षेत्र भौगोलिक हिसाबले एकदमै विकट छन्।
उक्त क्षेत्रमा नेपालबाट खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा समस्या भएको हो। तत्कालका लागि हेलिकोप्टरबाट भए पनि खाद्यान्न ढुवानी गरिदिन स्थानीयले माग गरेका छन् ।