यी १० दोष भएका घरमा कहिल्यै पनि टिक्दैन पैसा, कतै तपाईको घरमा त छैन ?

कठमाडौँ । के तपाईलाई वास्तुशास्त्रमा विश्वास लाग्छ ? यदि विश्वास लाग्दैन भने यो भन्दा तल लेखिएका कुराहरु तपाईका लागि त्यति उपयोगी नहुन सक्छन्।

किनभने तपाईले यसमा लेखिएका कुराहरु पालना नै गर्नु हुन्न। बुझ्नु पर्ने कुरा के हो भने वास्तुशास्त्रमा विश्वास गरे मात्रै पनि हुदैन, तिनलाई पालना गर्नु पर्छ।यसैले वास्तुशास्त्रका कुराहरु लेख्नु भन्दा पहिले म यी कुराहरु पालना गर्छु भन्ने सोच्नुहोस्। र, पालना गर्दा खर्च हुदैन भने सके सम्म पालना गर्नुहोस्।

यहाँ हामीले वास्तुशास्त्रका त्यस्तै केहि कुराहरु ल्याएका छौँ जसले तपाईको खर्च नबढाइ घरमा सुख र समृदि ल्याउँन मद्दत गर्नेछ। यसका लागि तपाईले केहि कुराहरुको वास्ता गर्नु पर्नेछ भने आलश्यतालाई आफुमाथि भारी हुन नदिनु पर्ने छ।

फुटेको भाँडाः घरमा अनावश्यक फुटेका भाँडाहरु राख्दा लक्ष्मी रिसाउँने धार्मिक मान्यता छ। यसले मानिसको मनमा गरिवी बढेको मनोबैज्ञानिक असर परि अन्य कामहरुमा समेत असर पर्ने बताइएको छ। धार्मिक आस्थाका आधारमा भन्दा यसले वास्तु दोष उत्पन्न गराउने ज्योतिषहरुले बताएका छन्।

भाँचिएको वा चोटपटक लागेको पलङः यसले दाम्पत्य जीवनमा समेत नकरात्मक असर पर्ने बताइएको छ। भाँचिएको पलङ वा विस्ताराले वैवाहिक जीवनमा खटपट हुनसक्ने बताइएको छ।

फुटेको ऐना वा सिसाः घरमा कुनै टुटेफुटेको ऐना वा सिसाहरु हुँदा आर्थिक नोक्सानको परिचायक बन्न सक्ने र यसले परिवारका सदस्यहरुमा मानसिक तनावको वातावरण झल्किने गर्छ। यस्ता वस्तुहरु घरमा हुँदा मानसिक तनाव बढ्न सक्ने हुन्छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post