यस्ता हुन्छन् मृगौला फेल हुन लागेको प्रारम्भिक संकेत, यी हुन् बचाउने आठ उपाय


काठमाडौँ । हाम्रो शरीरमा किड्नी अर्थात मृगौलाले रगत सफा गर्ने काम मात्र गर्दैन, पानीको सहीस्तर कायम राख्ने र हर्मोन स्रावित गर्ने काममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

त्यसैले मानव शरीरका लागि किड्नीको महत्वपूर्ण स्थान छ । त्यसैले यसलाई स्वस्थ राख्नु जरुरी छ। त्यसका लागि यो आठ कुरामा ध्यान दिनु आवश्यक छ ।

मृगौला फेल हुनुको अर्थ हो मृगौलाले काम गर्ने दर १५ प्रतिशतभन्दा कम हुनु । मृगौला फेल हुनु केही दिन पहिला शरीरले केही संकेत दिन थाल्दछ । त्यसलाई बेवास्ता गर्नु हुँदैन । डाक्टर अबरार मुल्तानीले यस्तै संकेतका बारेमा बताएका छन् ।

पिसावको मात्रा अचानक वा विस्तारै कम हुँदै जानु ।शरीरमा सुजन आउनु, विशेषगरी अनुहारमा । मन स्थिर नहुनु वा वान्ता हुनु ।रक्तचाप अचानक बढ्नु । निरन्तर रगतको कमी हुँदै जानु । तौल अचानक कम हुनु ।

सक्रिय रहनुस्

जब तपाई दैनिक जीवनमा सक्रिय रहनु हुन्छ तब ब्लड प्रेसर नियन्त्रित रहन्छ । र, तपाई मधुमेहजस्ता रोगको टपेटमा आउनबाट पनि बच्न सक्नु हुन्छ । करिब ३० प्रतिशत घटनामा मृगौला फेल हुनुको कारण मधुमेह पाइएको छ।

मधुमेहको स्तर

रगतमा ग्लुकोजको स्तर बढ्नुले मधेमेह जस्ता रोगको खतरा त बढ्छ नै, यसबाट किड्नीका आन्तरिक नलिकाहरु पनि नष्ट हुन सक्दछ। यी नलिकाहरुमा हानी पुग्दा त्यसले रक्तप्रवाहलाई राम्रोसँग फिल्टर गर्न सक्दैन ।

ब्लड प्रेसर बढ्न नदिनुस्

उच्च रक्तचाप किड्नी फेल हुनुको अर्को मुख्य आम कारण हो । उच्च रक्तचापबाट पनि रक्त नलिकाहरुको भित्तामा हानी पुग्दछ । स्वस्थ मृगौलाका लागि रक्तचाप पनि १४०/९० एमएमएचजीभन्दा बढी हुनु हुँदैन ।

स्वस्थ आहार

खानपानको महत्वलाई कसरी पो नजरअन्दाज गर्न सकिन्छ । फलफूल, सागपात र फाइबरयुक्त खानेकुराबाट तौलका साथसाथै किड्नीको स्वास्थ्य पनि राम्रो रहन्छ । खानामा नुनको मात्रालाई पनि कमभन्दा कम गर्ने कोशिस गर्नु जरुरी छ।

तरल पदार्थ लाभदायी

शरीरबाट हानिकारक पदार्थलाई बाहिर निकाल्नका लागि किड्नीलाई तरल पदार्थको माध्यम आवश्यक हुन्छ । दिनमा कम्तीमा पनि डेढदेखि दुई लिटर पानी पिउनु आवश्यक छ। र, शारीरिक रुपले बढी सक्रिय रहनेहरुले योभन्दा बढी पानी पिउनु जरुरी छ। यही जसले डायलासिस गराउने गरेका छन्, उनीहरुले कम पानी आवश्यक हुन्छ ।

चुरोट बन्द

रक्त प्रवाहहरुलाई नष्ट गर्नमा धुम्रपानको ठुलो हात हुन्छ । यसका कारण रगत राम्रंोसँग फिल्टर हुन सक्दैन । चुरोट छोड्दा अरु पनि कयौ प्रकारका फाइदा हुन्छन्,जसका बारेमा हामी अक्सर कुरा गर्ने गर्दछौ ।

पेनमिलर औषधि सेवनमा रोक

यदि लामो समयसम्म पीडानिरोधक औषधि सेवन गर्ने हो भने पनि यसबाट किड्नीमा नराम्रो असर पर्दछ । यदि कसैको मृगौला पहिलाबाटै केही कमजोर छ भने उनीहरुले पेनकिलर औषधिबाट निकै खतरा हुन सक्दछ । यस्ता औषधिहरु चिकित्सकको सल्लाहपछि मात्रै लामो समय सेवन गर्नु उपयुक्त हुन्छ ।

वर्षेनी मृगौला जाँच

हरेक वर्ष कमसेकम एकपटक आफ्नो मृगौलाको स्वास्थ्यमा ध्यान दिनुस् । विशेषगरी ६० वर्षभन्दा माथिको उमेरमा व्यक्ति वा मोटोपन, मधुमेह, उच्च रक्तचाप र परिवारमा कसैको किड्नी फेल भएको वंशानुगत रोग छ भने झनै नियमित जाँच जरुरी मानिन्छ।

किड्नी फेल भएको प्रारम्भिक लक्षणहरु साधारण रगत जाँच वा पिसाव जाँच गरेर थाहा पाउन सकिन्छ, बेलैमा रोग पत्ता लागेको खण्डमा उपचार पनि सफल हुन सक्दछ । त्यसैले तपाई पनि आफ्नो किड्नीको स्वास्थ्यबारे सधैं सचेत रहने गर्नुस्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post