जीवन मरणको अन्तिम लडाईमा बाँकेकि ३४ बर्षिया गर्भवती दिपिकालाई कोरोनाले जितेपछि…


एजेन्सी । गत वर्षको तुलनामा यो वर्ष बाँकेमा कोरोनाको संक्रमणका कारण मृत्युदरमा तीव्र वृद्धि देखिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको एक विश्लेषणका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीन गुणाले मृत्युदरमा बढी देखिएको छ। वैशाख महिनाभर बाँकेमा कोरोना संक्रमणका कारण १ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

यो संख्या कोरोनाको पहिलो लहरभन्दा तीन गुणाले बढी रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए। बाँकेमा कोरोनाको पहिलो लहर सुरु भएको २०७७ वैशाख १९ गतेदेखि चैत अन्तिमसम्म ५८ जनाको मृत्यु भएको थियो। कोरोनाको दोस्रो लहर सुरु भएपछि बाँकेका मात्र १ सय ६७ नागरिकको उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन वलीले बताए।

यसै क्रममा पछिल्लो २४ घन्टामा कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण ५ महिने गर्भवती दिपिका ठकुरीको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नंं १ बर्दिया निवासी ३४ वर्षीया गर्भवती ठकुरीको आज बिहान मृत्यु भएको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post