गाडीको यात्रामै संसार छो’डेकी महिलाको घर पुग्दा बालकको यस्तो अवस्था कठै (हेर्नुस् भिडियो)


पश्चिम रुकुमको बेसिकोट नगरपालिका ८ पटला गाउँकि धर्म कुमारी पटेलाको मृ’त्यु गाडीमा सवार गर्ने क्रममा बसको सीटमै भएको थियो।काखमा सानो छोरालाई दूध खुवाउँदा खुवाउँदै गर्दा उनको मृ’त्यु भएको थियो। 

अहिले यी नै महिलाको घरमा गएर जिटीभी नेपालले आफ्नो भिडियो रिपोर्टिङ गरेको छ। यीनै बालक हुन् जो गाडीमा यात्रा गर्ने क्रममा आमाको मृ’त्यु भैसकेपछी पनि मस्त निदाइरहेका थिए।उनलाई अहिले आमा नभएपछि फुल्याउन निकै गाह्रो भैरहेको छ।उनी दिनरात आमा खोज्दै रुने,चिच्याउने गरिरहेका छन्।

उनका अर्का छोरा १३ वर्षका भए।उनले त्यसदिन आफ्नी आमाको मृ’त्युपश्चात उनको ठूलिममी भनेपछि मात्रै थाहा पाएका थिए। आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्‍याउछिन !,श्रीमानले गाउँको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन् !,निको नहुँदा आफू यतै छु काखको बच्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले ! अब बाँच्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बालक काखमा च्यापेर एक्लै नाइट बस चड्छिन उनी !

गाडीमा चिनेको मान्छे कोहि नहुँदा काखको बालकलाई नै आफ्नो रात्रिकालिन यात्राको साथी अनि बिरामी अबस्थाक साहारा सम्झदै यात्रा गरिरहेकी हुन्छिन ! बिच बाटामा उनिलाइ उल्टि हुन्छ !,वरपरका सबै सिटका मान्छेहरु मस्त निद्रामा हुन्छन् ! 

उनी आत्तिन्छिन र काखको बच्चालाई ओल्टाइपल्टाई बिउझाउने कोसिस गर्दा पनि उ बिउझिदैन !, उनलाई उकुसमुकुस हुन्छ र सोच्छिन कि बाटामा मलाई केही भैहाल्यो भने यो काखको छोरा.. ???

फेरि बच्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अन्तिम अबस्थाले च्याप्दै जान्छ र अम्तिम तागतले बच्चालाई दूध चुसाउदै भोलि बिहान सम्म बाँच्न सकु र काखको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छटपटाउदा छटपटाउदै आफू सधैको लागि निदाउछिन ! 

बच्चा रुन थाल्छ र आसपासका सिटका मान्छेहरु बिउझेर उनलाई उठाउन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन !सबैले बच्चा नराम्रोसँग चिच्याए को देखेर उनलाई बोलाउन खोज्छन्, बोलाउँ छन् तर उनी निदाइरहेकी हुन्छिन्। नजिकै गएर बोलाउँदा समेत नबोलेपछी मानिसहरू जान्छन् तर उनी कहिले नब्युँझिने गरि चीर निद्रामा पुगिसकेकी हुन्छिन्। 

भिडियो हेर्नुहोस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post