यस्ता लक्षण देखिए बिल्कुलै नगर्नुहोस् वेवास्ता, हुनसक्छ मिर्गौला सुन्निएको संकेत


काठमाडौँ । आजभोलि धेरै मानिसहरु मिर्गौलासम्वन्धी रोगको शिकार भइरहेका छन्। त्यसमध्ये मिर्गौला सुन्निने समस्या पनि एउटा हो।

मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंगमध्ये पर्छ। हामी सबैलाई थाहा छ, मानव शरीरमा दुईवटा मिर्गौला हुन्छन्। एउटा बाँयातर्फ हुन्छ भने अर्को दाँया तर्फ।

मिर्गौलाको प्रमुख काम रगतबाट विकारयुक्त पदार्थ र अतिरिक्त तरल पदार्थ छानेर शरीरबाट बाहिर निकाल्नु हो। गलत खानपान, उच्च रक्तचाप, महुमेह आदिको कारणले मिर्गौलामा समस्या उत्पन्न हुने गर्छन्।

मिर्गौला सुन्निने समस्यालाई चिकित्सकीय भाषामा ‘ग्लोमेरुलोनेफ्राइटिस’ भनिन्छ। समयमै यसलाई पहिचान गरी नेफ्रोलोजीस्टसँग परामर्श लिनुपर्छ, अन्यथा समस्याले गम्भीर रुप लिन सक्छ

मधुमेह र ल्युपस जस्ता रोगहरुबाट पिडित मानिसहरुमा सेकेण्डरी ‘ग्लोमेरुलोनेफ्राइटिस’अर्थात मिर्गौला सुन्निने स्थिति आउँछ।

बेलाबखत दुखाई निरोधक वा एन्टीबायोटिक औषधिको साइडइफेक्टको कारण पनि ‘ग्लोमेरुलोनेफ्राइटिस’हुन सक्छ। यसैले कुनै पनि एन्टीबायोटिक औषधि लिनुभन्दा पहिले डाक्टरसँग सल्लाह लिनुहोस्।

यस्ता लक्षण देखिएमा मिर्गौला सुन्निएको हुन सक्छः

ज्वरो आउने,पिसाब गर्दा दुख्ने, पहेँलो वा रातो रंगको पिसाब,सहनै नसकिने दुखाई, पिसाबमा धेरै प्रोटिन हुने, पिसाब धेरै कम निस्किने, फोक्सोमा तरलपदार्थ जम्मा हुने, खोकी र श्वासप्रश्वासमा समस्या, धेरै थकान, सासमा दुर्गन्ध, शरीर सुन्निने

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post