भूलेर पनि यी ३ चिज दान, उपहार र सापटी दिँदै नदिनुहोस् नत्र पछुताउनु पर्ला

दान दिनु आफैंमा उत्तम कार्य हो । शास्त्रले पनि दान दिनु पुण्यको काम हो भनेको छ । दान दिँदा के दिने के, नदिने यसबारे भने जान्नैपर्ने हुन्छ।

किनभने केहि यस्ता पनि चिज छन् जुन दान दिन अशुभ मानिन्छ । आज हामी दानमा दिन नहुने चिजबारे तपाइहरुलाई जानकारी दिन गइरहेका छौं । चाणक्य नीति अनुसारका तल उल्लेखित ३ चिज दान, उपहार र सापटी दिँदै नदिनुस्:

१. स्वंयबरको औंठी

स्वंयबरको औंठी भुलेर पनि अरुलाई नदिनुहोला अर्थात् दान नदिनुहोला । स्वंयबरको औंठी माया र प्रेमको निसानी वा माया र प्रेमको उपहार हो, यसले जीवनमा ठुलो महत्व राख्दछ, स्वंयबरको औंठी कोहि कसैलाई दान, उपहार र सापटीमा नदिनुहोला ।

२. घडी

घडीले तपाईको समय बताउँछ । राम्रो या खराब समय घडी र तपाईको प रिस्थितिले जनाउँछ । घडी जुन व्यक्तिले सधैँ प्रयोग गर्ने गर्छ त्यहि व्यक्तिप्रति निर्भर रहेको हुन्छ । अरु कसैको घडी तपाईको नाडीमा बाध्नु भनेको तपाईको जीवनमा असर गर्नु हो।

जसको कारण तपाईले आर्थिक नोक्सानी भोग्नुपर्ने हुन्छ । त्यसैगरी साथीभाई या कोहि आफन्तले तपाईको हातमा लगाइराखेको घडी एकछिन वा एकदुई दिन मागेमा दिने काम नगर्नुहोला ।

अर्को कुरा अरुको हातको घडी पनि तपाईले नबाध्नु होला । यस्तै उपहार या दानमा पनि घडी दिनु राम्रो होइन । धेरैको बानी हुन्छ उपहारमा घडी दिने ।
अझ विदेशबाट आउनेले त प्रायजसो घडी नै उपहारमा दिने गर्छन् । तर त्यसो गर्नु नराम्रो हुने चाणक्य नीतिमा उल्लेख गरिएको छ।

३. पैसा

धन लक्ष्मीको कृपा हो । तर धनले कोही कसैलाई आफ्नो बनाउँन सकिदैन । उदाहरणका लागि तपाईले कसैलाई तलब दिएर राख्नुभएको छ र केहि दिन ढिला भयो भने तपाईमाथि प्रश्नचिन्ह खडा भैहाल्छ । अनि धनले कसरी आफ्नो बनाउँन सकिन्छ रुशास्त्रका अनुसार धन सबैभन्दा ठुलो शत्रु हो।

धनकै कारण कति अपराधिक घटना घट्ने गरेको समाचार बेलाबेला आइरहन्छ । अझ आफन्तसँग त झन् पैसाको लेनदेन गर्नै हुँदैन । धनकै कारण सम्बन्ध तोडिन पनि सक्छ।

हामीले कसैलाई दान गर्दा पैसाको सट्टा अरुनै चिज दिँदा राम्रो हुन्छ । त्यस्तै सापटीमा पनि सकभर पैसा नदिएकै राम्रो हुने वा नलिएकै राम्रो । किनभने पैसा सापटी लिएकै दिन त्यो मान्छेको नजरमा तपाई गिर्नुहुन्छ या लिने मान्छे गिर्छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post