दलितले पनि दरिद्र व्यबहार नदेखाऊ भन्दै रुपा सुनार विरुद्ध खनिए तेजेन्द्र परियार (भिडियो हेर्नुहोस्)

केही समय अघि सामाजिक संजालमा निकै नै भाइरल बनेका बाल प्रतिभा सचिन परियारका बुबा तेजेन्द्र परियारले काठमाडौँ घर भाडा नदिएको कारण उजुरी गराएकी रुपा सुनार प्रती लक्षित गर्दै द’लितहरू पनि आफ्नो ठाउँमा वस्नुपर्ने बताएका छन्।तेजेन्द्र परियार एक समय सामाजिक संजालमा निकै चर्चामा आएका पात्र हुन् र उनी आफ्नो अभिव्यक्ति,सचिन र उनको दुईवटा विवाहको कारण विवादमा आएका थिए।

उनले पटकपटक बोलेकै कारण विवादमा आउने भएपछि उनी पछिल्लो समय त्यति सारो सामाजिक संजालमा आउन छोडेका थिए।अहिले उनी सचिन सँगै बस्दै आइरहेका र केही गीतमा मोडलिङ तथा अभिनय समेत गरेका छन्।उनी अहिले पनि म्युजिक भिडियोकै शुटिङका क्रममा ब्यस्त रहेका बेला मिडियालाई आफ्नो व्यव्स्तताका बाबजुद अन्तर्वार्ता दिएका छन्।

उनले रुपा सुनारको बिषयमा बोल्दै घरबेटीले भाडा नदिए भएपछी पटकपटक त्यही बिषयलाई इस्यु बनाएर नगएको भए हुन्थ्यो भन्दै आफ्नो विचार दिएका थिए।उनलाई आफू परियार भएपनी आफ्नो जातमा गर्व लागेको बताउँछन्।कामको बिषयले जातको निर्धारण नगर्ने भन्दै अहिले लुगा सिलाउने काम जोकोहिले नि गर्न सक्छन् त्यसमा हामीले चित्त दुखाउनु नहुने पनि जानकारी दिएका छन्।

उनलाई जातजातिको बिषयले कहिले पनि त्यस्तो भेदभाव नभएको र संस्कार अनुसार त्यही छोरीबेटीको सम्बन्ध मात्रै नभएको उनले बताएका छन्।यो भेदभाव पुर्खौँदेखी चलिआएको र कहिले अन्त्य नहुने तसर्थ हामीले कसैको केही खोजिनिती नगरी बस्नुपर्ने बताएका छन्।बाउन पनि कतिपय अवस्थामा दलित जस्तै गरि भेदभाव मा परेको बताउँदै सरकारले दिने कोटा पनि गरिबीका आधारमा दिनुपर्ने बताएका छन्।

गरिबीका आधारमा दिइयो भने को भेदभाव हट्न गइ सबैमा समानता हुने उनको तर्क रहेको छ र दलितहरू पनि जाँ’ड र’क्सी खाइदिने र जथाभावी बोल्दै हिँड्ने प्रवृत्ति हुने जसले गर्दा जातीयतालाई थप मलजल गरिदिने उनले जिकिर गरेका छन्।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री यहाँ क्लिक गरेर हेर्नुहोस ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post