यसरी १२ बर्षिय यति साना भाईलाइ दिउसै बेपत्ता पारियो (हेर्नुस् भिडियो)


थानकोटको चन्द्रागिरि नगरपालिका वडा नम्बर तीन बसन्तटोल ।सो स्थानबाट आजभन्दा झन्डै चार दिन अगाडिबाट एकजना बाह्र बर्षिय बालक हराएका छन् ।यस्ता अप्रिय घ टनाहरु पछिल्लो समय निकै नै फस्टाएका छन् अझ काठमाडौ छिर्ने यो मुख्य नाका थानकोट पनि यशको सिकार नहोला भन्न सकिन्न ।

राम माझी र सरिता माझी का कान्छा छोरा यहि साउन तीन गतेबाट बेपत्ता भएका छन् ।घरमा पनि कुनै पनि खालको नराम्रो वातावरण सृजनानै नभएको र कामकै शिलशिलामा आफ्न‌ै दाजु भएको ठाउमा जाँदै गर्दा उनी त्यहाबाट फिर्दै फिरेनन् ,घरबाट नजिकै काममा थिए दाजु ।

छोरो हराएसगै परिवारले चौतर्फी अथाहा खोजतलास गरे तर अह काहीँ कतै भेटेनन् ।आफ्नो गाउघर वरिपरि त खोजि गर्न सम्भव भयो तर अन्यत्र गएर खोजि गर्न परिवारले सकेन किनकि ज्याला मजदुरि गरेर आफ्नो जिविका चलाउने उक्त परिवारको अहिले काम नभएसग‌ै खल्तिमा एकै रुपैया पनि छैन् ।

आफ्नो छोरोलाई कसैले फकाएरै लगेको हुनसक्ने परिवारबो आ्का छ ।छोरो हराएसगै बुवाको हालत पनि बेहालत भएको छ ,जतिबेला पनि छोरोको मात्रै याद आउने र छोरो कहाँ होला केही नराम्रो भयो कि भन्ने पिरले सताइरहदा अहिले यो परिवार हदसम्मको पिडाबाट गुज्रिरहेको छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post