टिकटकमा सबैभन्दा बढी रुचाइएकी मोडल करिश्मा ढकालको एकदमै रमाइलो टिकटक (हेर्नुस् भिडियो)


सानो छँदा बि,रामी भइरहन्थिन् करिश्मा ढकाल। नाच्न दिन्छु भन्यो भने उनको रोग तुरुन्तै निको हुन्थ्यो। भन्छिन्, ‘कति पटक त ज्वरो आएकै बेला पनि नाचेकी छु। पुरस्कार पनि जितेकी छु। नाच्दानाच्दै हराउँथ्यो ज्वरो।’

नेपाली लोकदोहोरीका सयौं भिडियो तथा तीज गीतमा करिश्माले नृत्य गरेकी छन्। उनी पछिल्लो समयकी व्यस्त मोडेल पनि हुन्। एनसीसी कलेजमा बीबीएस अध्ययनरत करिश्मा आफूलाई अभिनयको विद्यार्थी भन्न रुचाउँछिन्। गोरखा स्थायी घर भएकी उनी हाल परिवारसँगै शान्तिनगरमा बस्दै आएकी छन्।

उनको काममा परिवारको पनि साथ छ। विशेषत उनकी आमा उनलाई हौसला दिइरहन्छिन्। उनले अभिनय गरेको गीत दुई चार दिन टीभीमा बजेन भने सोधिरहन्छि, ‘के भयो ? टीभीमा किन आएन ? ’ दुई दाजुकी एकल बहिनी हुन् उनी। परिवारकी कान्छी छोरी।

सुटिङबाट फर्कंदा कहिले राति हुन्छ, बाहिरी जिल्ला जाँदा घर आउने समय मिल्दैन तर पनि उनी ढुक्क छिन्। भन्छिन्, ‘मेरो कामप्रति सकारात्मक सोच्नुहुन्छ। सबैले बुझ्नु भएको छ। आफन्त र छिमेकीले सबाल पनि गर्ने गर्छन् रे कहिलेकाहीँ तर मामुले नै मेरो पक्षमा कुरा गर्नुहुन्छ। अहिले सबैले मलाई माया गर्छन्।’

प्रायः रोमान्टिक गीतमा चुलबुले केटी, चञ्चले चरित्र निभाउन उनलाई रमाइलो लाग्छ। भन्छिन्, ‘हाँस्दा मेरो गालामा दुवैतिर डिम्पल पर्छ। यो मेरो विशेष गुण हो। सबैले हाँसेको सुहाउँछ भन्नुहुन्छ। हुन त केही वियोगान्त गीतमा पनि नाचेकी छु तर पनि मलाई रोमान्टिक गीत नै सजिलो लाग्छ।’

अहिले चलचित्रमा होस् या आधुनिक गीतमा लोकभाका मिसाएर गीत तयार गर्ने चलन छ। पछिल्लो समय लोकगीतले चर्चा कमाएका छन्। लोकगीत पनि करोडांै भ्युज पाउने गरेको छ। उनलाई लोकगीतले नेपाली पहिचान दिन्छ भन्ने लाग्छ। नेपाली पहिरन लगाएर छमछमी नाच्दा खुसी मिल्छ। 

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post