राजाको घरमा बसेकि १०४ बर्षिय यति बाठि आमा ,यति मीठो कुरो गर्छिन् उत्तिकै हसाउछिन् (हेर्नुस् भिडियो )

बर्षदिन अगाडि सडकमै भेटिएकि यी आमा ,उनको कथा उनैलाई थाहा छैन् ।उमेरको हिसाबमा उनी १०४ बर्षकि भइन तर उनको बोल्ने शैली उनको शरिरको हाउभाउ युवाको जस्तो नै देखिन्छ ।उनि एकदमै टाठि अनि बाठि छिन् ।उमेरले मानिसलाई बूढो हैन सोचले बूढो बनाउने हो भन्ने उहाँ उदाहरण हो ।

स्याङ्जाको भालुपहाड देखि नजिकैको ठाउमा पहिलेकै ठाउमा अहिले पनि आमालाइ सोही ठाउमा भेटियो ।आमा परियार जातकि भएकि र आफुले राजाका पालामा राजाकै घरमा बसि दौरा सुरुवा हरु राजाको सिएर बसेको भन्दै उनी गौरवकासाथ बताउँछिन् ।

आमाको उमेर जसरि ढल्किरहेको छ उसैगरि शरीर पनि चाउरिदै गएको छ तर आमामा केटाकेटि पन भने झनझन बढेको बढै छ ।उहाका कुराहरु सुन्दै गर्दा घन्टा बितेको पनि बिल्कुलै थाहा नै हुदैन् ।एकदमै मीठो कुराकानी उसैगरि उहाका ठट्यौलि अभिव्यक्तिले जो कोहिलाई मोहित बनाइ हाल्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post