जिन्दगी नै के हो भनेर नबुझ्दै १३ वर्षको उमेरमा बिहे गरेर ल्याएकी श्रीमती १६ वर्ष नपुग्दै छोरी जन्माएकी थिइन्।अहिले छोरीले बिहे गर्ने बेलामा अर्कैसँग बिहे गरेर त्यो पनि जग्गा,सम्पत्ति सबै आफ्नै नाममा,आफूले पाएका छोराछोरी र श्रीमानको बिजोग पारेर।
तर पनि श्रीमानले भन्छन्,अहिले फेरि सम्झेर आएको खण्डमा दुख बिर्सेर सम्मानका साथ रानी बनाएर राख्नेछु।”यो कुरा सुन्दा जो कोहिलाई पनि भक्कानो फुटेर आउँछ।
नवलपुर गैंडाकोट मौलाकालिका मन्दिर नजिकका ४५ वर्षीय दल बहादुर कुमालकि आफ्नी श्रीमती ३८ वर्षीय पवित्रा कुमालले ले घर छोडेर हिँडेको ९५ दिन भयो।उनी माइत झापा बेलबारी जान्छु भनेर घरबाट हिँडेकी थिइन्।उनलाई खोजी गर्न क्रममा उनी शक्ति रानासँग दस बजेको फ्लाइटमा कांकडभिट्टाको बोर्डर कटेको पाइएको छ।श्रीमानलाई शक्ति राना भन्ने व्यक्तिले म्यासेज गर्दै भनेका छन्,”साहु जी सन्चै हुनुहुन्छ ? बिहे गर्नुभयो ? जिन्दगी लामो छ,बिहे गर्नुहोस्।” भनेर म्यासेज पठाएका थिए।
उनले आफू हिँडिसकेपछी श्रीमानलाई समेत म्यासेज गरि अब मलाई खोज्ने काम नगर्नुस्,अब म आउँदिन भनेर निकै नै लामो म्यासेज पठाएकी थिइन्।तीनजना छोराछोरी भएकी र जेठी छोरी नै २२ वर्ष पुगेकी छिन्।छोरीकै बिहे गर्ने उमेरमा आमाले यसरी गति छाड्ने काम गर्दा छोराछोरीलाई समेत असर परेको छ।उनी आफूभन्दा केही कान्छो शक्ति रानासँग गएकी छिन्।
उनको नाममा ११ धुरको जग्गा र करिब ८ लाख बराबरको त गहना नै लिएर गएकी छिन्।श्रीमती माइती जान्छु भनेर छोडेको दिन उनले लुगाकपडा,लगाउने चप्पल समेत गरेर किनिदिएका थिए तर त्यो दिन नै अन्तिम दिन रहेछ।आखिर माया भन्दा ठूलो के नै रहेछ र जिन्दगीमा। अहिले उनी छोराछोरीको खुसीको लागि भए पनि उनी आइन् भने स्वीकार गरेर खुसी साथ राख्ने बताउँछन्।
छोराछोरी हुँदाहुँदै आफूले अर्को बिहे गर्नु उनीहरूला लागि अन्याय हुने बताउँदै उनी भन्छन्,म अब अर्को बिहे गर्दिन तर मेरा छोराछोरीलाई पाल्नुपर्छ मैले त्यसकारण उसले लिएर गएको सम्पत्ति,उसको नाममा भएको जग्गा भएन भने आफूलाई अप्ठ्यारो हुने उनले बताएका छन्।जे गर्यो त्यही फेसबुककै कारण अहिले उनीको परीवार नै बिचल्ली बनायो भन्दै उनी कार्यक्रम मै रु’न थाल्छन्। (भिडियो)
