यिनै हुन् २५ वर्षीय युवती सृजना बस्नेत जसलाई आफ्नै घर अगाडिको आँगनमा…

झापाको बिर्तामोडमा अर्धन ग्न अवस्थामा एक युवतीको शव फेला परेको छ। आफू बस्दै आएको घरकै अगाडि आँगनमा २५ वर्षीया युवती सृजना बस्नेत अ र्ध न ग्न अवस्थामा मृत फेला परेकी हुन्।

प्रहरीका अनुसार सृजना बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्मदेखि उत्तर तर्फको गल्लीनजिकै सानीआमाको घरमा बस्दै आएकी थिइन् । दाजुभाउजुको साथमा बस्दै आएकी सृजना घरको आगनमा अर्धन ’ग्न अवस्थामा मृ त भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले बताए।

एसपी भट्टराईका अनुसार घटनास्थल नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। घटनास्थलमा तालिमप्राप्त कु’कुर ल्याएर परिचालन गर्ने उनले बताए। अहिले नै सृजनाको ह त्या वा आ त्म ह त्या केही भन्न नसकिने एसपी भट्टराईले बताए।

मृतक सृजना बिर्तामोडस्थित सृजनशिल सहकारी संस्थामा कलेक्टरको काम गर्दै आएकी थिइन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post