झुक्किएर पनि नखानुहोस् यस्ता खालका आलु

काठमाडौँ । आलु हाम्रो घरको भान्सामा सधैँ पाक्ने तरकारी हो । प्राय मानिसलाई मनपर्ने तरकारी पनि आलु हो । आलुलाई हामी तरकारी मात्र नभई अचार र दाल बनाउन पनि प्रयोग गर्ने गर्छौं।

आलु स्वास्थ्यको लागी निकै लाभदायक छ । तर आलु खाँदा हामीले कस्ता खालका आलु खाइरहेका छौँ भन्ने कुरा जान्नु निकै जरुरी छ । कतिपय आलु हाम्रो स्वास्थ्यको लागी बिष सम्मान हुने गर्छन् । हामी मध्ये धेरैलाई कस्ता खालका आलुले हाम्रो स्वास्थ्यलाई असर गर्छ भन्ने कुराको ज्ञान हुने गर्दैन ।

हामीले खान नहुने आलुहरु यस प्रकार छन् :

आलुलाई धेरै समयसम्म त्यसै राख्नाले यसमा रहेको पानीको मात्रा हराउँछ । यसले गर्दा आलु चाउरी पर्ने गर्छ । यसमा टुसा पलाउन थालेको हुन्छ । जसलाई हामी बिउको रुपमा प्रयोग गर्ने गर्छौं । तर कतिपय मानिस यसलाई तरकारीको रुपमा प्रयोग गर्ने गर्छन् । यो हाम्रो स्वास्थ्यको लागी निकै हानिकारक छ किनभने यसमा प्रसस्त विषाक्त पाइन्छ । जसले हाम्रो स्वास्थ्यलाई असर गर्छ ।

२) हरियो रंग

आलुमा हरियो रंग देखा पर्न थालेको छ भने त्यस्तो खालको आलु प्रयोग नगर्नु निकै बुद्धिमानी हुन्छ । आलुको हरियो भागमा सेलेनाइन विषाक्त पदार्थ हुन्छ। यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ। यसले गर्दा हामी बिरामी हुने गर्छौं।

३) टुसा आएको आलु

आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ । अक्सर यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ । तर, हामी टुसा अंकुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन।

यसो गर्दा पुग्छ फाइदा

आलु स्वादिलो र बहुउपयोगी परिकार मात्र होइन, स्वस्थ्यवर्द्धक पनि हुन्छ । आलुमा भिटामिन सि, बि कम्पलेू्रक्स तथा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस तत्व हुन्छ । यदि आलुलाई उसिनेर बोक्रासँग सेवन गर्दा यसमा रहेको पोषक तत्व नष्ट हुँदैन

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post