पेट दुखेर अस्पताल पुगेका बिरामीको भिडियो एक्सरे हेर्दा डाक्टरकै होस उड्यो

काठमाडौं । बिरामी भए अस्पताल पुगेका एक व्यक्तिको शरीरबाट जे कुरा निक्ल्यो त्यसले डाक्टरलाई पनि हैरान बनाएको छ ।भारत, मध्य प्रदेशको सतना जिल्लामा एउटा डरलाग्दो घटना देखा परेको हो । सो कुरा देखेर सबै छक्क परेका हुन् ।

वास्तवमा, त्यहाँ बस्ने एक व्यक्ति करीव दुई बर्षदेखि स्वास्थ्य समस्याबाट ग्रस्त थिए । जब डाक्टरहरूले उनलाई जाँचे, डेढ फिट लामो गँड्यौला आकारको सर्पजस्तो कीरा उनको पेटबाट निकालियो ।

यो देखेर मानिसहरू डराए । डाक्टरहरूले समेत यो कुन कीरा हो भनेर बुझेनन् । त्यस अवस्थामा, रेवा मेडिकल कलेजका डीन भन्छन कि यो एक गोलो कीरा हुन सक्छ ।जानकारी अनुसार डा. एसएन सिंह पालले भने, ‘बुधबार ३० जुन) बिहान ११ः१५ बजे पन्नाको भाठिया गाउँ निवासी शान मोहम्मद मकहाँ आएका थिए ।

उनले भने कि उनी लगभग दुई बर्षदेखि पेटको दुखाइबाट पीडित छन् । पेटमा दैनिक दुखाइ हुन्छ । उनलाई भोक लाग्दैन र कमजोरी महसुस भइरहन्छ ।’

डा. पालले पहिले कीराहरूलाई मार्न औषधी दिए । औषधीले प्रभाव देखाउने बित्तिकै पेटबाट करीव डेढ फिट लामो गँड्यौला आकारको कीरा पेटबाट निकालियो, जुन जीवित अवस्थामा थियो ।

रीवा श्याम शाह मेडिकल कलेजका डीन डा. मनोज इन्दुलकर भन्छन् कि यो गोलो गँड्यौला जस्तो देखिन्छ ।पेटबाट त्यस्ता गँड्यौलाजस्ता कीराहरु फेला परेको यो नयाँ घटना होइन । हामी तपाईंलाई बताउँन चाहान्छौँ कि पेटमा थुप्रै प्रकारका कीरा फेला परेका छन् । यसलाई दुई भागमा बाँड्न सकिन्छ ।

पहिलोलाई गोला वर्म भनिएको छ, जबकि दोस्रोलाई टेप वर्म भनिन्छ । यी दुवै कीराहरूले मानव शरीरलाई असर गर्दछन् । समयमै उपचार पाए त्यसबाट मुक्त हुन सकिन्छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post