कहिलेकाँही आँखा फरफराउने गर्छ ? सावधान यस्तो कमी हुनसक्छ

काठमाडौँ । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ ।अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ।

तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ। यसका केही कारणबारे जानिराखौंस्

१. थकान र त नावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ। राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ ।

२. धेरै मापसे गर्दा पनि आँखा फर्फराउँछ ।

३. धमिलो बत्तीमा काम गर्दा अनि कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फर्फराउँछ।

कसरी रोक्ने त ? टन्न पानी पिउनुहोस् । पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्नुहोस् । अनि आँखाको मसाज गर्नुहोस् ।

आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् । एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने चाहिँ चिकित्सकलाई भेट्न जानुपर्छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post