मध्यरातमा च्यानल गेट फुटाएर सहकारी संस्थाबाट ३२ लाख चोरी, सिसिटिभी फुटेजमा यस्तो देखियो

काठमाडौं : भीमसेन थापागाउँपालिका–७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गए राति करिब ३२ लाख रुपैयाँ नगद चोरी भएको छ।

मध्यरातमा सरकारी कार्यालयको च्यानल गेट फुटाएर भित्रपसी नगद चोरी भएको सहकारीका सञ्चालक समिति सदस्य बुद्धि श्रेष्ठले जानकारी दिए।

सहकारीमा कारोबार भएको रकम करिब ५२ लाखमध्ये ३२ लाख रुपैयाँ चोरी भएको उनले बताए। ‘भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी हो’, उनले भने, ‘यहाँ दैनिक २० देखि ३० लाख रुपैयाँ कारोबार हुन्छ।’ असार मसान्त भएकाले कारोवार अझ बढी भएको उनको भनाइ छ।

‘शुक्रबार बेलुकीसम्म जम्मा भएको नगद आइतबार सदरमुकामस्थित बैंकमा जम्मा गर्ने तयारीमा थियौँ’, श्रेष्ठले भने, ‘लगातारको वर्षाका कारण सदरमुकामसम्म पुग्न कठिन भएकाले समस्या भइरहेको थियो।’ सिसिटिभी फुटेजमा चोरीमा संलग्नले ताल्चा फुटाउन प्रयोग गरिने सामग्री बोकेर आएको देखिएको श्रेष्ठले बताए। सांकेतिक तस्बिर

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post