गोर्खाको घलाङकी कृष्णकुमारी तिवारी ७८ वर्षकी भइन्। तर सामाजिक सञ्जालमा चर्चित उनका नृत्यमा देखिने जोश र उत्साह हेर्दा युवा अवस्थाको जस्तो छ।
बाल्यकालमा 'सामाजिक बन्धन र परिवारको डरले' नाच्न नपाएको बताउने तिवारी रहर पूरा गर्न पाउँदा दङ्ग छिन्। छिमेकी १९ वर्षीया सुनिता बानियाँले टिकटकमा हालिदिएपछि चर्चामा आएकी उनी भन्छिन्, "मेरो प्राण नाचेरै जाओस्।"
