बिरामीले यस्तो अवस्थामा पुगेकी श्रीमतीलाई देखाउदै जब प्रचण्डले देउवाकै अघि यसो भने (भिडियो सहित)

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत फोटो सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले सीताको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। प्रधानमन्त्री भएपछि देउवा पहिलो पटक सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा पुगेका हुन् ।

पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। निको नहुने पिएसपी रोगले ग्रसित उनी सहाराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छन्।भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीति र मन्त्रिपरिषद् विस्तार सम्बन्धमा पनि छलफल भएको बुझिएको छ  ।

सीताले आराम गरिरहेको कोठमा पुगेर देउवाले नमस्कार गर्दा प्रचण्डले ‘उहाँ प्रधानमन्त्री शेरबहादुर देउवाजी’ भनेर चिनाएका थिए। सीताले ‘चिने’ भनेर जवाफ दिएकी थिइन्। प्रचण्डले सीतालाई आरजुसमेत भेट्न आउने जानकारी गराएका छन्। लामो समयदेखि ओछ्यान परेकी सीताको मनोबल यसरी मान्छेले भेट्दा बढ्ने प्रचण्डले सुनाए। ‘यसरी भेटघाट गरिदिएपछि उनको मनोबल पनि उठ्छ क्या’, प्रचण्डले देउवासँग भने।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post