भुन्टी सिरियलको ‘मुकुली’ले २३ जना छोराछोरीहरु बोकेर घर छोडिन्, आँशु झरे, नयाँ घरमा बच्चाहरु दँग (भिडियो हेर्नुस)


भुन्टी सिरियलमा सबैले रुचाएको पात्र हो, मुकुली । मुकुलीको वास्तविक नाम हो, रिता सिवाकोटी । २०६८ सालमा सडक नाटकको सिलसिलामा सिन्धुपाल्चोकको मेलम्ची पुगेकी रिता सिवाकोटीलाई त्यसदिन जीवनको नाटक खेल्न पुगेजस्तै भइदियो ।

उनलाई राम्ररी याद छ, नाटक सकिएपछि चिया पसलमा बसेर सहकर्मीहरूसँग मस्त गफ गरिरहेकै बेला एक्कासि मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो फोनबाट चिन्दै नचिनेको पाँच वर्षको सानो बच्चाको आवाज रिताको कानमा आएर ठोक्कियो, ‘रिता आन्टी, मलाई लिन कहिले आउनुहुन्छ ?’ उनी झसङ्ग भइन् ।

मनमा ठूलो झट्का लाग्यो । फिल्मी शैलीमा आकस्मिक आएको प्रश्न आफैमा अपत्यारिलो थियो । ठीक एक छिनअघि आफैले मञ्चन गरेको सडक नाटकजस्तै । एकछिन त उनी अक्क न बक्क भइन् । यो प्रश्नले उनको संसार साँघुरो बनाइदियो ।

काभ्रेबाट आएको त्यो सानो बच्चाको आवाजले उनलाई कता मात्रै पुर्याएन । हजुर को हो, के भयो भनेर उनले ती बालकलाई फोनबाटै प्रतिप्रश्न गरिन् । तर जवाफ थप अनौठो आइदियो ।

बालकले भने, ‘मलाई हजुरसँग बस्न मन लाग्यो के । हजुर मलाई लिन छिट्टै आउनु न ।’ त्यति सुनिसकेपछि नाट्य समूहसँगै काठमाण्डौ फर्किए पनि रिताको मन उतै अल्झिइरह्यो । के हो, को हो, कसो हो भन्ने हुट्हुटी चलिरह्यो । त्यसपछि उनी ती सानू बाबुलाई भेट्न भोलिपल्टै काभ्रे पुगिन् ।

अभिभावकविहीन उनको जटिल परिवेश थाहा पाएपछि रितालाई धेरै जिम्मेवारी महसुस भयो र उनले ती बालकको पुकारलाई स्वीकार गरिन् । यसरी सुरु भएको रिता सिवाकोटीको समाजसेवा अहिलेसम्म आईरहँदा उनी २३ जना परिवार बिहिन नानीबाबुहरुको आमा बनेकी छिन ।

पछिल्ले सयम भुन्टी नामक चर्चित सिरियलमा मुकुलीको भुमिका निर्वाह गर्ने रिताले उक्त सिरियलमा खलपात्रको भुमिका निभाए पनि वास्तविक जीवनमा भने उनी निकै नै सत्कर्महरु गरिरहेकी छिन् । यसैबिच उनले आफ्नो २३ बच्चाहरुको साथमा पुरानो घर छोडेकी छिन् । भिडियो हेर्नुस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post