आज भन्दा १४ वर्ष अगाडि दोलखा मेलुङका एकजना एकजना व्यक्ति काठमाडौँको पसलहरूको अगाडि बसेर लुगा सिलाउने,कटिङ गर्ने जस्ता कामहरू गर्दै आइरहेका थिए।त्यसै सिलसिलामा उनको एकजना मञ्जु क्षेत्री नाम गरेकी कथित उपल्लो जातकी महिलासँग भेट भयो।उनी त्यतिबेला कलेज पढ्दै थिइन्।
उनको घर रुपन्देही जिल्ला स्थित बुटवल नजिकै पर्दथ्यो। उनीहरूबीच भेटघाट सँगै बिस्तारै प्रेम हुन गयो र केही समयपछि उनीहरूले बिहे गरे।
केटाले आफू दमाईको छोरो हुँ भनेपछी पनि केटीले जिन्दगी मैले बिताउने हो र मलाई जातसँग कुनै सरोकार छैन भनेकी थिइन्।
तर उनको माइतीमा यो कुरो थाहा पाइसकेपछी अलिक बार नबोलाएको र पछि आउनेजाने भएसँगै छोरी समेत जन्मेकी थिइन् र उनी पनि ससुराली जान थाले। उनलाई ससुरालीमा ससुराले आफूलाई थर ढाँट्न लगाइ केसी हो भन्न लगाएका थिए।
हेर्नुहोस भिडियो
