काखी गन्हाएका कारण लज्जित हुनुपरेको छ ? त्यसो भए अपनाउनुहोस् यी उपाय

काठमाडौँ । शरीरबाट दुर्गन्ध आउनु एक यस्तो समस्या हो जसबाट ठुलो संख्यामा मानिसहरु पीडित छन्।यद्यपि शरीरबाट हल्का दुर्गन्ध आउनु विशेष गरी काखीबाट दुर्गन्ध आउनु खासै ठुलो कुरा भने होइन। तर यदि शरीरबाट वरपर बसेका मानिसलाई सकस पार्ने, बेहोस होला जसरी गन्हाउने गन्ध आउँछ भने यसले आत्मविश्वास पनि कमजोर बनाउँछ।

जसका शरीरबाट दुर्गन्ध आउँछ उनीहरुले स्वयमलाई फ्रेश र स्मार्ट देखाउनको लागि परफ्युम र डेओडोरेन्ट बाहेक अरु केही विकल्प नै देख्दैनन्।तर तपाईलाई यो कुरा थाहा हुनु पर्छ कि परफ्युम र डेओडोरेन्टको सुगन्ध निश्चित समयपछि शरीरबाट उड्छ र साथै तिनका अधिक प्रयोगले शरीरमा एलर्जी र अन्य थुप्रै त्वचा सम्बन्धी रोगहरु पनि हुन् सक्छ।

यसकारण आज हामी तपाईलाई शरीरबाट निस्केको दुर्गन्ध हटाउनका लागि केही यस्ता उपायहरु बताउँदै छौं, जुन तपाईले सस्तोमा घरमै प्रयोग गर्न सक्नुहुन्छ।यदि तपाई शरीरबाट आउने दुर्गन्धबाट सधैंको लागि छुटकारा पाउन चाहनुहुन्छ भने कुनै महँगा उत्पादनको प्रयोग नभएर मात्र ५ रुपियाँ पर्ने चिज खरिद गर्नु पर्नेछ। हो, तपाई सही सुन्दै हुनुहुन्छ शरीरको गन्ध दूर गर्नको लागि कागती निकै असरदार उपाय हो।

यस यसको प्रयोगबाट तपाई शरीरको गन्धबाट छुटकारा पाउन सक्नुहुन्छ। नुहाउने समयमा काखीमा कागतीको टुक्राले हल्का-हल्का करिब १० मिनेटसम्म रगड्नुहोला।त्यसपछि सफा पानीले पखालेर जिउ सफा गर्नुहोला। त्यसपछि तपाईले पूरा दिनभरि आफ्नो शरीरबाट दुर्गन्ध नआएको महसुस गर्न सक्नुहुन्छ। साथै हरेक बिहान कागती पानी या चियामा कागती हालेर सेवन गर्दा पनि शरीरबाट दुर्गन्ध हटाउनको लागि फाइदा पुग्छ। तपाईले केवल एक हप्तामै थाहा पाउनु हुनेछ छ कि ५ रुपैयाँको कागती कति धेरै कामको चिज हो भन्ने ।

एप्पल साइडर भिनेगर (Apple cider vinegar) को सेवनले पनि शरीरको दुर्गन्ध हटाउन सकिन्छ। जसको शरीरबाट धेरै पसिना आउँछ, तिनले एप्पल साइडर भिनेगर सेवन गर्न आवश्यक छ। यसको सेवनले शरीरको ब्याक्टेरिया नष्ट हुनुको साथै कम पसिना आउँदछ। यसबाहेक तपाई पूरा दिन स्वयमलाई ताजा महसुस गर्नुहुनेछ।

चिल्लो र धेरै मसालेदार खाना खादा पनि शरीरबाट दुर्गन्ध आउँछ। यस प्रकारका खानेकुराहरुका सेवनलाई छाडेर हरियो सागपात र ताजा फलफुल सेवन गर्न सुरु गर्नुहोला। यसले तपाईको पाचन प्रणालीलाई दुरुस्त राख्नुको साथै शरीरबाट दुर्गन्ध आउने समस्या पनि हटाउँछ।

जुनार, एक यस्तो फल हो, जसको प्रयोगले तपाईलाई दिनभर ताजा राख्न मद्दत गर्छ। हरेक दिन एउटा जुनार खाने कोसिस गर्नुहोला, अत्यन्तै राम्रो महसुस हुनेछ। शरीरबाट दुर्गन्ध गायब हुनुको साथै त्वचा सम्बन्धी सबै विकार हटाउँछ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post