चामल पखालेको पानीले यसरी धुनुहो’स् अनुहार, पा’उनुहुनेछ यस्तो नतिजा

छालाको लागि उमालिएको चामलको पानी अर्थात् माड गुणकारी हुन्छ। उमालिएको चामलको पानी वा माड कुनै अनौठो कुरा होइन।

हामी दिनमा दुईपटकसम्म खाना खान्छौं, त्यही खाना बनाउनेक्रममा उम्लिएको चामलको पानी अथवा माडको प्रयोग छालाको लागि कति फाइदाकर हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ।

माड प्रोटिन, भिटामिन र एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ। यसको प्रयोगले छालामा सुन्दरता थप्दछ। माडमा पाइने एक तत्वले छाला कसिलो बनाउँछ।
यसले छालाको सुरक्षा पनि गर्दछ। हप्तामा एकपटक यस्तो घरेलु उपाय अपनाउँदा सुन्दरतासँग जोडिएका कयौं समस्याहरु सजिलै समाधान गर्न सकिन्छ। माडको प्रयोगले अनुहारको दागसमेत हट्छ।

कसरी प्रयोग गर्ने माडलाई ? एक कप चामललाई राम्रोसँग पखाल्नुहोस् र पानीमा भिजाउनुहोस्। आधा घन्टापछि जब चामलमा भएको पोषक तत्व पानीमा घुल्दछ, तब त्यसलाई भाडोमा राखेर आगोमा पकाउनुहोस्।

चामल पाकेपछि त्यसको माड निकाल्नुहोस् र केही समय यसलाई चिसो हुन दिनुहोस्। सेलाएपछि माडलगाएर अनुहारमा हल्का हातले मसाज गर्नुहोस्। मसाज गरेको १० मिनेटपछि माडले अनुहार धुनुहोस् र सुख्खा कपडाले पुछ्नुहोस्। तपाईले तत्काल तपाईंका छालामा परिवर्तन महसुस गर्नुहुनेछ।

कपालको लागि पनि फाइदाजनक हुन्छ माड: छालाको सँगसँगै कपालको लागि पनि माडको प्रयोग फाइदाजनक हुन्छ। कपाल झर्नेजस्ता समस्यामा हुनुहुन्छ भने माडले कपाल धुनुहोस्। यसले कपाल बाक्लो हुन्छ र यसमा चमक पनि आउँछ।

यसको लागि माडलाई कपालमा लगाएर २० मिनेटजति कुर्नुपर्दछ। त्यसपछि स्याम्पू वा कण्डिसनरले धुँदा कपालमा असाधारण चमक आउँछ। तर यी उपायहरु अपनाउनुभन्दा अगाडि चिकित्सकसँग सल्लाह लिनु जरुरी हुन्छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post