भाग्य न्यौपाने : बिजय र पुजाको भिडियो सार्बजनिक गरेपछी बि'बादित बनेकै कारण ह'राएका हुन् त ?

झ्याम दारी पातलो शरीर,अग्लो कद,अनि हल्का कालो बर्णका प्रियपात्र ।पुर्बेली लबजमा क्यामेरामा बोलेर लाखौको मनमा बसेका सयौलाई सहयोग गरेका व्यक्ति हुन् युटुबर भाग्य न्यौपाने ।ताप्लेजुंग मा २०४९ सालमा जन्मिएका भाग्य न्यौपाने आफ्नो कर्मले लाखौको मनमा बसे हजारौलाई सहयोग गरे र धेरैको भाग्य बनाए ।

अध्यनका लागि मलेसियामा पुगेका भाग्यलाई नेपाल मै फर्किएर केहि गर्ने आट जाग्यो अनि मलेसियाबाटै शुरु गरे तात्तातो खबर डट कम ।तात्तातो खबर डट कममा उनले नेपाली समाचारहरु पोस्ट गर्ने थाले ।अनि उनीले निधो गरे अब नेपाल फ़र्किएरै केहि गर्छु।

नेपाल आएपछि शुरुमा हास्य कलाकार किरण केसीको अन्तरबार्ता लिएर ततातो खबर युटुब च्यानलमा सार्बजनिक गरे । त्यो भिडियो खुबै चल्यो ।पत्रकारिताको कुनै औपचारिक अध्ययन नगरेका भाग्य न्यौपानेलाइ यो क्षेत्रमा लागि रहन त्यहि भिडियो कोशे ढुंगा साबित भयो ।

युट्युबमा अन्तर्वार्ता लिएर उनि सेलिब्रेटी नै बनेका छन । निरन्तर कर्म गर्दै गएका भाग्य न्यौपानेको भाग्य भने युट्युबले नै चम्काइदियो। गाउँगाउँ पुगेर लिएका उनका अन्तर्वार्तालाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् ।

स’मस्यामा परेका तर हाइलाइटमा नपरेका समाचारलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले युट्यबकै लागि भनेर रातदिन समय दिइरहे ।केही वर्षयता नाम र दाम दुवै कमाएका भाग्य पछिल्लो समय समाजसेवामा पनि जोडिए । जसकारण भाग्यका फ्यान दिनानुदिन बढ्दै गए ।

तर केहि महिना यता भाग्य कहिँ कतै देखिएका छैनन् ।उनले आफ्नो सामाजिक संजाल्हरुमा कुनै पोस्ट गरेका छैन् । युटुब च्मायानलमा निरन्तर भिडियो पोस्ट गर्दै आएका भाग्य न्यौपानेले आफुले चलाउदै आएका ताततातो खबर , भाग्य न्यौपाने युटुब च्यानलमा कुनै भिडियो पोस्ट गरेका छैनन् ।

उनको नि’गरानीमा चलाइएको भनिएको सोसियल न्युज नेपालमा भने समाचार वाचन गरेर निरन्तर भिडियोहरु आइरहेका छन् । लाखौको मनमा बसेका हजारौलाई सहयोग गरेका भाग्य न्यौपाने बिजय शाहीको भिडियो सार्बजनिक गरेपछी भने केहि बि’बादित बनेका थिए ।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post