फेसबुक (Facebook) विना पासवर्ड (Password) पनि खोलिन्छ ?

के तपाइँले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ की तपाइँलाई मात्र पासवर्ड थाहा भएको तपाइँको फेसबुक अकाउण्ट कसैले पासवर्ड बिनै मज्जाले खोलिदिन सक्छ ।

हो, यो सत्य कुरा हो । यस्ता केही मानिस छन् जसले जो कोहीको पनि फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोलिदिन सक्छन् । आखिर को होलान् त ती मानिस ? कतै ह्याकर त होइनन् ? त्यसोभए त फेसबुक निकै असुरक्षित भयो भन्नुहोला । त्यसो होइन, यी मानिसका कारण तपाइँको फेसबुक असुरक्षित होइन बरु अझै बढि सुरक्षित हुन्छ ।

वास्तवमा जो कोहीको फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोल्नसक्ने क्षमता अरुमा हुने त कुरै भएन । यस्तो अधिकार तथा सुविधा र क्षमता केवल फेसबुकमा मात्रै छ ।

तर तपाइलाई मात्र थाहा भएको पासवर्ड त्यति बेला मात्र कसैले तपाइलाई झुक्याएर स्पाम लिंक पठाएर लिन सक्छ। त्यसैले फेसबुक चलाउदा सधैं फेसबूकले उपलब्ध गरेको आधिकारिक एपबाट मात्र चलाउनुहोस।

फेसबुक अन्य Browser बाट चलाउनु परेमा सबै भन्दा पहिला लिंकलाई चेक गर्नुहोस। उक्त लिंक भन्दा अरु लिंक भएमा आफ्नो आइडी र पासवर्ड त्यस्तो साइटमा शेयर नगर्नुहोस। यसको साथै आफ्नो फेस्बूकको पासवर्ड सजिलै अनुमान गर्ने खालको नराख्नुहोस्। यति गर्दा तपाइको फेसबूकको पासवर्ड कसैले लिन सक्दैन र तपाइको आइडी सुरक्षित रहन्छ। 

फेसबुक कम्पनीका केहि कर्मचारीले तपाइको पासवर्ड बिनै तपाइको आइडी चलाउन सक्छन। फेसबुक कम्पनीले आफ्ना केही कर्मचारीलाई यो सुविधा दिएको छ । फेसबुक प्रयोगकर्ताको सुरक्षाको सुनिश्चितता प्रदान गर्नका लागि आफ्ना केही कर्मचारीहरुलाई यस्तो अधिकार तथा सुविधा दिएको हो फेसबुकले ।

फेसबुकले के स्पष्ट गरेको छ भने कर्मचारीलार्य दिइएको यस्तो सुविधाबाट कुनै पनि फेसबुक प्रयोग कर्ताको गोपनियतामा भने कुनै खालको खतरा उत्पन्न हुने छैन ।

किनकी प्रयोगकर्ता माथि विश्वासघात गर्ने कर्मचारीलाई तत्कालै बर्खास्त गरिनेछ । यस्तो सुविधा सधै भरी दिइने पनि होइन । निश्चित कर्मचारीलाई निश्चित काम पूरा गरुन्जेल सम्मका लागि मात्र दिइने हो

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post