बेहाल देखे पछि कृष्ण कंडेल पुगे मेलम्ची, राहत होईन उद्दार गर भन्छन पिडित (भिडियो सहित)

मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवस्यकता हो र यही आवश्यकतालाई महसुस गरी तत्काल राहत र उद्दारको ब्यवस्थापनमा आफ्नो पाइला अघि सार्दै प्रसिद्ध कलाकार एवम् अभियन्ता कृष्ण कंडेल यतिबेला राहत तथा उद्धार टीम सहित सिन्धुपाल्चोक पुगेका छन्।कंडेल निकै भावुक भएर भन्नु हुन्छ,स्थिति धेरै कारुणिक छ,गत वर्ष पनि यहि मेलम्ची बजारमा एउटा रुख ढलेर ९ जनाको मृ’त्युु भएको थियो।

त्यो बेला पनि सबैभन्दा पहिले कृष्ण कंडेलहरूको टीम त्यहाँ पुगेको र जनही २० हजारका दरले राहत दिएर गएको थियौं अहिले त्यो ठाउँ सबै बगेछ,उनले भने।पहिलो व्यापा रिक नाका जसलाई पुल बजार भनिन्थ्यो जुन पुल चन्द्र शमशेरले बनाइदिनुभएको थियो।त्यहाँको सामरिक महत्व अर्कै थियो जहाँ करोडौं खर्च गरेर व्यापारीहरूले स्वर्ग जस्तो अनुभुती गर्नुहुन्थ्यो।

मेलम्चीको जुन किसिमको एउटा आकार,महिमा र अस्तित्त्व थियो तर प्रकृतिले यसलाई स्वाहा बनायो र अझै थाहा छैन कति यसलाई बित्यास पार्ने हो। कहाँनेर के भैरहेको छ,माथि को बजार त बगाइहाल्यो र अहिले लेदो जस्तो भल आइ रहेको छ।लाग्छ,पहाडबाट ठूलाठूला ढुङ्गाहरू समेत पल्टाउँदै पल्टाउँदै ल्याएको छ।बजार भग्नाअवशेषको रुपमा अलिअली बाँकी रहेको छ।तर भाग्यवस्,त्यति ठूलो मानवीय क्ष’ति हुन पाएको छैन।

बाढी–पहिरोबाट मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् । तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । उनीहरुलाई सोही स्थानमै बुधबार बिहानको खाना खुवाइएको छ । मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सारिरहेका छन् । विस्थापित भएकाहरु सुरक्षित स्थानको खोजी गर्दै अग्ला डाँडामा गएर बसेका देखिन्छन् । बाढीले घर भत्काएपछि पीडितहरु बिलौना गरिरहेको सुनिन्छन् भने कतिपय सम्पर्कबिहीन समेत रहेका छन् । आफ्नो धनसम्पत्ति खोलाको बगरमा परिणत भएपनि अब कसरी दैनिकी चलाउने भन्ने चिन्तामा उनीहरु डुबेका छन् ।

त्यसैगरी सहयोगको लागि पाइला अघि सार्दै समाजसेवी ईशा गुरुङ्ग ज्यूको पहल मा Hamro Team Nepal ले पनि ५० ओटा सिरक र डस्ना लगायत अन्य राहत सामग्री दिएर सहयात्रीको भूमिका निर्वाह गर्ने भएको छ । आज शुक्रवारको दिन नायिका स्वेता खड्का पनि त्यहाँ जाने भनिएको छ।कृपया यसै बिसयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला,साथै यस न्युजलाई सेयर गरि विपत् को सामना गर्न सहयोग पुर्‍याइदिनुहोला,धन्यवाद।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post