
नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम हो निशा घिमिरे । कुनै बेला चमकधमक रहेको उनको जिन्दगी अहिले बेसहारा बनेको छ । निकै नै दयनीय अवस्थामा उनलाई देख्न सकिन्छ । उनको अहिलेको यो अवस्था देख्दा निस्शब्द नुहने सायदैं होलान् । कलाकारितामा उच्च शिक्षाको क्रममा भारतमा सवारी दुर्घटनामा परेकी उनको उपचार राम्रोसम्ग भइरहेको छैन ।
उपचारको अभावले उनका यो अवस्थामा पुगेको चलचित्रकर्मी दीपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनी लेख्छन्, ‘केही दिन पहिले पहिलो पटक टिकटकमा उहाँको यस्तो नाजुक अवस्था देख्दा आँसु रोकिएन मेरोनिशाको परिवारको आर्थिक अवस्था नाजुक भएका कारण सक्ने सवैमा सहयोगको लागि हार्दिक अपिल गरिएको छ । सहयोगका लागि मोडल निशाका बुवालाई सिधा सम्पर्क प्रेम प्रसाद घिमिरे ९८५१२३८९५२ मा गर्न सक्नुहुन्छ । उनको शिघ्र स्वास्थ्य लाभका भगवान् पशुपतिनाथ सँङ्ग यहि प्राथना गर्दछु !