रामायण’मा रावण बन्दै ऋतिक, अवतारको कस्ट्युम टिमले लुक डिजाइन गर्ने

काठमाडौं । पछिल्लो समय प्रोड्युसर मधु मंटेनाको ‘रामायण’लाई लिएर निकै चर्चा भइरहेको छ । जानकारी अनुसार यो फिल्ममा अभिनेता ऋतिक रोशनले रावणको भूमिका निभाउने भएका छन् ।

त्यस्तै, अभिनेत्री दीपिका पादुकोणले फिमेल लिड निभाउने चर्चा भइरहेको छ । तर, यसबारे हालसम्म कुनै पनि आधिकारिक घोषणा भने गरिएको छैन ।रामायणमा कसले गर्दैछ ऋतिक रोशनको कस्ट्युम डिजाइन ?

यस फिल्ममा ऋतिक रोशनको कस्ट्युम डिजाइनका लागि मेकर्सले यूएस बेस्ड कस्ट्युमको टिमसँग कुराकानी गरिरहेको छ ।

यस कस्ट्युम टिमले हलिउड साइन्स फिक्शन फिल्म अवतारको लागि कस्ट्युम डिजाइन गरेको थियो । यो फाइनल भएमा माइथोलोजिकल ड्रामा ‘रामायण’मा ऋतिकको भूमिकाको लागि यस टिमले कस्ट्युम डिजाइन गर्नेछ ।

चर्चामा ‘रामायण’को बजेट

फिल्मको कुरा गर्नुपर्दा यो एक लाइभ–एक्शन ट्राइलोजी हुनेछ, जसलाई थ्रीडीमा सुट गरिनेछ । यो फिल्मलाई हिन्दी, तमिल, तेलेगुलगायतको भाषामा रिलिज गरिनेछ । यस फिल्मको बजेट ५०० करोड भारु रहेको बताइएको छ । फिल्मलाई अल्लु अरविन्द, नामित मल्होत्रा र मधु मंटेनाले निर्माण गर्न लागेका हुन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post