यी ४ गुण भएका पत्नी पाउने पुरुष हुन्छन् संसारकै भाग्यमानी, कहिलै हुँदैन धनको कमी

हिन्दू धर्ममा पत्नीलाई अर्धाङ्गिनीको रुपमा लिने गरिन्छ। शास्त्रका अनुसार यदि पत्नीमा केहि असल गुणहरु भए भने परिवारका लागि राम्रो हुने विश्वास रहेको छ।

गरुड पुराणमा पनि पत्नीका केहि गुणहरुको बारेमा चर्चा गरिएको छ। गरुड पुराणले भने अनुसारका गुण यदि पत्नीमा भयो भने उसलाई एकदमै भाग्यशालीका रुपमा हेर्ने गरिन्छ।

गृह कार्यमा निपूर्ण

गरुड पुराणका अनुसार महिलाहरु सबै कार्यमा निपूर्ण रहनुपर्छ। यदि महिलाहरुलाई घर बाहिरका सबै काम आउँछ भने घर भित्रका कामहरु पनि जान्नै पर्ने कुरा पुराणमा लेखिएको छ। भनिन्छ जुन महिलामा असल गुणहरु हुन्छन्, ति महिला परिवारका लागि प्रिय बन्छिन्।

संयमित भाषा

गरुड पुराणका अनुसार संयमित भाषाले नै परिवारमा मिठास ल्याउँछ । घरमा महिलाले मिठो व्यवहार देखाएमा घरको आधा समस्या र दुःख आफै हट्ने कुरा गरुड पुराणमा छ।

साथै महिलाले मिठो बोल्दा परिवारहरु एकजुट हुनका साथै घरका आधा दुःखहरु त्यत्तिकै हराउँछ। साथै संयमित भाषा प्रयोग गर्दा महिलारु घरका सदस्यहरुको पनि प्यारो बन्न सक्छन्।

पतिव्रता

महिला पतिव्रताको नियममा बस्नु अहिलेका पुस्ताका लागि कठिन जस्तै भईसकेको छ। किनभने स्कुल देखि कलेज पढ्दा नै उनीहरु प्रेममा परेका हुन्छन्।

साथै समाजका महिलाहरु पर–पुरुष र पुरुषहरु अर्कैको पत्नीको मायाजालमा पर्ने गर्छन्। त्यसैले जो महिला ‘पर-पुरुष’सँग कुनै पनि सम्बन्ध नबनाई आफ्नो पतिलाई साथ र सहयोग गर्छ त्यसैलाई पतिव्रता भन्ने गरिन्छ। यदि जो कोहि महिलाहरुले पनि पतिव्रताको ध्यान राखेर परिवारमा रहन सक्यो भने परिवार सधैँ खुसी रहने कुरा गरुड पुराणमा उल्लेख छ।

धर्मको पालन

धर्मको पालन गर्नु प्रत्येक व्यक्तिका लागि आवश्यक छ। हामीलाई थाहा नै छ हिन्दू समाजमा महिलाहरुलाई लक्ष्मीको रुपमा हेर्ने गरिन्छ।

साथै घरकी लक्ष्मीले धर्मको बाटोमा हिँडेर घरलाई नै मन्दिर बनाइदिन सक्छिन्। त्यसैले धर्मको पालना गरेर जुन महिला आफ्नो परिवारमा रहन सक्छिन् उनको घरमा कहिल्यै पनि धन धान्यको कमी नहुने कुरा गरुड पुराणमा उल्लेख गरिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post