दुबी वा छालामा देखिने सेतो दाग के हो यसको उपचार कसरी गर्ने (हेर्नुस् भिडियो)

दुबी एक किसिमको रोग हो। जसले सौन्दर्यमा आघात पुर्‍याउने देखिन्छ। शरीरमा रंग दिने कोषिकाको कमीले दुबी हुन्छ। विभिन्न कारणले कोषिकाहरु नाश हुन्छन्। छालामा हुने एक समस्या हो, दुबी। दुबी आएका व्यक्तिको उमेर र अवस्थाअनुसार ठीक हुने समय निर्धारण गर्न सकिन्छ।

सबै सेतो देखिने रोग दुबी हुँदैन। बायस्पी गरेपछि मात्र दुबीको बारे थाहा हुन्छ। शरीरको जुनसुकै भागमा पनि दुबी देखिन सक्छ। कपाल, मुख, हात, खुट्टा जहाँ पनि हुनसक्छ। कसैको शरीरमा दुबी नफैलिन सक्छ। तर कसैको शरीरमा भने चाडो फैलिन्छ।

औलाको टुप्पो र ओठमा दुबी देखिएमा उपचार गर्न कठिन हुन्छ। सुरूमै परीक्षण गरेमा उपचार गर्न गाह्रो छैन। कसैले दुबीलाई पूर्व जन्मको पापसमेत भन्छन्। कतिले कुष्ट रोगनै भन्छन्। तर यो पनि एउटा रोग हो भनेर यसलाई बुझ्नुपर्छ।

सामान्य दुबी भएमा मल्हमबाटै उपचार हुन्छ। धेरै फैलिएमा थेरापीबाट यसको उपचार गरिन्छ। विकिरणबाट रंग दिने कोषिका बढाउन सकिन्छ। छाला प्रत्यारोपण गरेर पनि यसको उपचार गर्न सकिन्छ। ८० प्रतिशत भन्दा बढी दुबी फैलिएको छ भने त्यसको लागि मलम र शल्यक्रियाले हुँदैन।
दुबीले धेरै हानी गर्ने भन्ने होइन। तर व्यक्तिको आत्मबल कमजोर बनाउँछ। किनकि, उसलाई अरूको अघि जान असजिलो लाग्ने हुन्छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post