फेरि थपियो एक साता निषेधाज्ञा, के-के खुल्छ? हेर्नुहाेस्

काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ। आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार साबिकको निषेधाज्ञाभन्दा केही खुकुलो बनाइएको छ।

अब खाद्यान्न, तरकारी किराना पसल, फलपूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ।

‘पहिले खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइने निर्णय भएको थियो, अब ती पसल ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ,’ भट्टराईले भने, ‘यसमा पुस्तक पसल पनि थप गरिएको छ।’ विकास निर्माणका काममा आवश्यक पर्ने पसललाई बेलुका चार बजेदेखि खुल्न दिने निर्णय भएको छ।

होटलमा टेक अवे सेवालाई निरन्तरता दिने निर्णय भएको उनले बताए। अनलाइन डेलिभरीका लागि होटलहरूलाई बिहान सात बजेदेखि काम गर्न दिइने छ।

विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदुरहरू राख्न पाइन्छ। वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाइने पनि निर्णय भएको छ।

अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ। एम्बुलेन्स, शववाहन लगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु पर्दैन।

बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ। पहिले जिल्लामा दुई वटा बैंकका शाखा सञ्चालन गर्न दिइएको थियो। यसमा सामान्य सहजीकरण गरिएको भट्टराईले बताए।

सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ। बैंकहरूको अरू शाखा खोल्नका लागि राष्ट्र बैंकमार्फत् कुरा गरेर कति दिन खोल्ने भन्ने प्रोटोकलअनुसार खोल्न सकिने पनि उनले बताए।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै थियो। त्यसको पूर्वसन्ध्यामा प्रमुख जिल्ला अधिकारीहरूले नयाँ निषेधाज्ञा जारी गरेका हुन्।

उपत्यकामा कोरोना संक्रमणको दर उल्लेखनीय नघटेसम्म निषेधाज्ञालाई कायम राख्ने सरोकारवाला निकायको सिफारिस बमोजिम निषेधाज्ञालाई निरन्तरता दिइएको भट्टराईले बताए।

उपत्यकामा संक्रमणदर १० प्रतिशतमा झरेपछि मात्रै निषेधाज्ञा हटाएर क्रमशस् ‘लुजडाउन’मा जानुपर्ने सुझाव सरोकारवाला निकायको रहेको सिडिओहरूले बताएका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसलहरू खुल्न दिने निर्णय भएको छ।

कुटनीतिक निकायबाट जारी हुने भिसा, परीक्षा र अन्तर्वार्ता खुला गरिएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post