भारतमा रसायन कारखानामा आगलागी हुँदा १८ जनाको मृत्यु

सोमवार अपराह्न आगलागी सुरु हुँदा उक्त कारखानाभित्र ३७ जना कर्मचारी फ'सेका थिए।

कारखानाबाट धुवाँको मुस्लो निस्किएपछि दमकल पठाइएको थियो। अग्निनियन्त्रकहरूले कारखानाको पर्खाल भत्काएर भित्र फसेका मानिसलाई बाहिर ल्याएका थिए।

आगलागीको कारण स्पष्ट नभएको अधिकारीहरूले बीबीसी मराठीलाई बताएका छन्।रातमा आईसीयूमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृ'त्य ।

उक्त कारखाना एसभी एक्वा टेक्नोलजीज नामक कम्पनीको स्वामित्वमा छ। उक्त कम्पनीले पानी प्रशोधन गर्न प्रयोग गरिने क्लोरिन डाइअक्साइड उत्पादन गर्छ।

उक्तकारखाना एउटा औद्योगिक क्षेत्रमा छ जहाँ अरू कारखाना पनि छन्।

त्यहाँ काम गर्ने कामदारीहरू नजिकै बस्छन्। बेइरुतमा ठूलो क्षति हुनेगरी विस्फोटन भएको अमोनियम नाइट्रेट नेपालमा कहाँ र कति छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन्। उनले घाइतेलाई केही राहत उपलब्ध गराइने बताएका छन्।

महाराष्ट्र राज्यको सरकारले पनि पीडितको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post