भोका चेपांग समुदायको कथा, यस्तै नियति कहिले सम्म हेरिरहने

चेपाङ समुदायका मान्छेहरूले खान नपाएको भन्ने समाचारहरु बाहिरी रहेकाे बेलामा चितवनकाे कान्दामा रहेका चेपाङ समुदायको निम्ति दिलाेज्या'न दिएर लागेका समाजसेवी विष्णु गाैतमले उनीहरेकाे कारेमा चिन्ता व्यक्त गर्दै गरेका आफ्ना प्रयासहरुबारे यस्तो लेखेका छन् ।

“यस्तै नियति कहिले सम्म हेरिरहने ?

विभिन्न मिडिया मार्फत सुन्दै छौ , चेपांगहरुले खानाको अभावमा जंगलमा पाइने चुत्रो, चिउरी, काफल ,गिट्ठा भ्याकुर देखी खान मिल्ने रुखका बोक्रा समेत खाएर जीवन बचाई रहेका छन् रे!

यस्तै मर्माहत दृश्यले हामी ८ बर्षदेखी चेपाङ्गहरुको बाहुल्यता रहेको एउटा गाउँ कान्दाम पुगेर उनीहरुको जीवन सहजहोस भन्ने कामना सहित काम गर्दै आएका छौ। श्रद्धेय दाताहरुको सहयोगमा आठ बर्ष अगाडी केहि (७४) बासको व्यवस्था गरेको पनि हो।

पांच बर्ष नाघेका गाउँ भरका १७४ जना बालबालिकाहरु समेटेर नि:शुल्क छात्रावासमा ब्यबस्थित छात्रावास निर्माण गरी स्वास्थ्य खाना, सुकिलो नाना, गुणस्तरीय शिक्षाका साथै कला र सीपद्वारा सक्षम बनाउन प्रयाश गरिरहेका पनि छौ। बितेका आठ बर्षमा कराेडौं खर्च समेत भै सकेको छ ।

हरेक दिन दुई सय जना भन्दा बढीको भान्छा उनीहरुलाई आबस्यक खाना नाना , औषधि उपचार ,मसलन्द लगायत उनीहरुलाई केयर गर्ने मसल्ची देखि भान्से , स्वास्थ्य कर्मी,केयर गिभर बिधै पिच्छेका शिक्षकहरुको ब्याबस्थापन हाम्रोलागि ठुलो संघर्षको कथा बनेको छ। निरन्तर चितवन जिल्लाको कान्दामा र चौरी देउराली को गुमटी गाउँमा २ वटा होस्टेल संचालन गर्दै आएका छौ।

हामी त्यो दिनको ब्यग्र प्रतिक्षा गरिरहेका छौ जुनदिन लक्ष्मी प्रतिष्ठानद्वारा संचालित छात्रावासमा सिकाइएको ज्ञान, सिप, कला कौशलले उनीहरुको रुपान्तरण गर्न सकियोस।”

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post