जब आफ्नै श्रीमती जिन्दगीमा काल बनेर आएपछि, यस्तो त शत्रुलाई पनि नहोस

प्रेमी ओमप्रकाश यादवसङ्ग मिलेर आफ्ना पति तथा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला नेता दिपक पाण्डेयमाथि एकैपटक दुई पिस्तोलबाट गोली चलाई मार्न लगाउने श्रीमती महिमा पाण्डेय लामो निगरानीपछि हिजो घरैबाट समातिएकी छन् । जेठ ५ गते राती कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गुडिरहेको मोटरसाइकलबाट पाण्डेयमाथि दुई राउण्ड गोली प्रहार भएको थियो । त्यसको ६ दिनपछि उनको काठमाडौंमा निधन भएको हो ।

प्रारम्भिक अनुसन्धानमा श्रीमती महिमा र ओमप्रकाश यादवबीच प्रेम सम्बन्ध झाँगिदै गएको खुलेको छ । उनीहरूबीचको यो सम्बन्धवारे श्रीमान दिपकले थाहा पाएका थिए । तर महिमाको मन दिपकतिरभन्दा ओमप्रकाशतिर पग्लन थालेपछि उनीहरूबीच खटपट शुरु हुनु स्वाभाविक हो ।

त्यहि क्रममा दिपक बेला बेलामा ‘म हुँदाहुँदै ऊसँग किन प्रेम सम्बन्ध राखिस् ?’ भन्दै श्रीमतीसँग रिसाउन थाले । यता ओमप्रकाशलाई पनि ‘मेरी स्वास्नीसँग किन लागिस् ?’ भनेर दिपकले बेला बेलामा धम्की दिन थाले । एवम् रीतले लोग्ने- स्वास्नीबीच असमझदारी बढ्न थालेपछि महिमा र प्रेमी ओमप्रकाशले दुबैको इज्जत जोगाउन दिपकलाई सिध्याउने योजना बुनेको रहस्य खुलेको हो ।

३२ वर्षकी श्रीमती महिमाको माइती नजिकैको खुनुवा हो । भारतमा पढेकी उनी खाइलाग्दी र चिरिच्याँट्ट परेर हिँडेको कारण ओमप्रकाशले मन पराएको प्रारम्भिक बयानको क्रममा खुलेको छ । घरमा श्रीमान हुँदाहुँदै अर्कासँग लागेर श्रीमानलाई नै सिध्याउने योजना बुनेपछि अहिले पाण्डेका ५ वर्षकी छोरी र ११ वर्षका छोराको बिचल्ली भएको छ । अब महिमाले बुनेको रंगीन सपना पनि जेलको चिसो छिँडीमा बित्ने भएको छ ।

श्रीमतीले आफूले श्रीमान दिपकलाई मार्न लगाएको स्वीकारेकी छन् । शंकास्पद सबै मान्छेसँग बयान लिएपछि कुरो खुलेको प्रहरीको दाबी छ । शुरुमै अलिअलि शंका लागेपछि प्रहरीले महिमाको सुरक्षा भन्दै महिला प्रहरीलाई उनको घरमा नै निगरानीको लागि खटाएको थियो । सबै पक्षबाट हत्यामा श्रीमतीको हात रहेको पुष्टि भएपछि प्रहरीले उनलाई हिजो पक्रेको हो । हत्यामा प्रयोग गरिएका हतियार पनि प्रहरीले सबै बरामद गरेको छ । दिपक पाण्डेयमाथि दुई जनाले एकै चोटी फायर गरेको देखिएको छ ।

साकिर अली पखिया र रमजान साह मुसलमान दुबैले अर्को मोटरसाइकलमा पछाडि बसेर राती सडकमा गुडिरहेको बेला एकैपटक दिपकमाथि फायर खोलेका थिए ।

सबैभन्दा अचम्मचाहिँ दुबै हतियारबाट पाण्डेयमाथि एकैचोटी फायर भएको थियो । उनलाई दुई गोली लागेको थियो । पछि एउटा खोका भेटिए पनि अर्को फेला परेन । आमाको अर्कैसँगको लसपसले दुई लालाबालाको बिचल्ली भएको छ भने उनीहरूका बाबुको समेत जीवन समाप्त भएको छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post