जात थाहा भएपछि घरभेटिले दिएको कोठा फिर्ता लिए, पीडित प्रहरी चौकीमा

काठमाडौँ । तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका– ११ बबरमहलकी सरस्वती प्रधानविरुद्ध बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् ।

उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी , पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफल जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएकी हुन् ।

आफूलाई तल्लो जातको भन्दै प्रधानले कोठा भाडामा नदिएको पीडित सुनारको गुनासो छ । कोठा दिन अस्वीकार गर्ने घरबेटीविरुद्ध कारबाही हुनु पर्ने पीडित सुनारको माग छ।

मंगलबार उनी साथीसँग कोठा खोज्न प्रधानको घरमा पुगेकी थिईन् । प्रधानको घरमा कोठा खाली थियो । कुराकानी पछि कोठा दिन मन्जुर भएको, कोठा दिइसकेपछि घरधनी प्रधानले कुन थरको भन्ने प्रश्न गरेको र जवाफमा सुनारले ‘ कामीकी छोरी’ भनेकी थिइन् । जवाफ सुन्ने बित्तिकै घरधनी प्रधानले अनकनाउँदै साँझ फोनमा जानकारी दिने बताइन्।
साँझमा रुपासँगै गएकी साथीलाई फोन गरेर यस्तो मान्छे किन ल्याएको भन्दै त्यस्तालाई कोठा दिन नमिल्नै भन्दै जवाफ दिएकी थिइन् । 

घरबेटीको घरमा कोठा खाली भएपछि रुपाकी साथीलाई कोठा बस्ने मान्छे समेत लिन आग्रह गरेकी थिईन्। घटना लगत्तै सुनारले मंगलबार साँझ आफूमाथि माथि भएको जातीय विभेदको बारेमा भिडियो सार्वजनिक गरेकी थिइन्।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post