आज देखि उपत्यकामा निषेधाज्ञा खुकुल्लो, के - के खुल्छ हेर्नुहोस्

को'रोना को दोस्रो लहरको संक्रमण बढेपछि देसै भर लकडाउन गरिएको थियो । लकडाउन सुरु भएको १ महिना भन्दा बढी भएको छ । जेष्ठ २० बाट पुन: १० दिनका लागि थप गरिएको निषेधाज्ञा अवधिभर तोकिएका अन्यावश्यक काम, सेवाबाहेक अन्य केही गर्न पाइने छैन । तर आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा केही मात्रा खुकुलो गरिएको छ ।

एकहप्ताअघि जेठ १४ मा थपिएको निषेधाज्ञामा भने खाद्यान्न पसलसमेत खोल्न नपाइने नियम लागू गरिएको थियो । त्यसको चौतर्फी आलोचना समेत भएपछि पुनः आजबाट किराना तथा खाद्यान्न पसलहरु बिहान ९ बजेसम्म खोल्न पाउने निर्णय गरिएको हो । अत्यावश्यक वस्तुहरु– खाद्यान्न, तरकारी, फलफूल, दूध, मासुलगायतका पसल पनि बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।

माथि उल्लिखित वस्तु तथा सेवा, सोसम्बन्धी प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र इन्धन, खाना पकाउने ग्यासजस्ता सामान बोकेका गाडी पनि राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ । तर निर्माण सामग्री ढुवानीका सवारीसाधन भने राति ९ बजेदेखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

यसका साथै आजबाट काठमाडौं उपत्यकामा वित्तीय संस्थाहरुका प्रधान कार्यालय र थप ३ वटासम्म शाखा खोल्न पाइनेछ । वाणिज्य बैंक र विकास बैंकका भने प्रधान कार्यालय र थप २ वटा शाखा खोलेर सेवा दिन पाउने छन् ।

स्कूल, कलेज लगायत शैक्षिक संस्थाहरु भने बन्द नै रहने भएका छन् । वैदेशिक अध्ययनमा जाने विद्यार्थीको हकमा भने कूटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने भएको छ । अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालय पनि बन्द नै रहने छन् । राति १० बजेदेखि बिहान ९ बजेसम्म मोटरसाइकल वर्कसप भने खोल्न दिइने भएको छ ।

त्यस्तै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सपिङ मल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, पुस्तकालय लगायत मानिसहरुको भिडभाड हुने खालका कुनै पनि कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।

यस अवधिमा निषेधाज्ञामा औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई घर बाहिर ननिस्किन भनिएको छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post