हुम्लाको चंखेलीमा दाईबाट १० बर्षकी बहिनी बलात्कृत

हुम्लाको चंखेली गाउँपालिका वडा नम्वर २ को दार्मामा जेष्ठ २६ गते बुधबार १० वर्षिय बालिका बलात्कृत भएकी छन् ।

उनलाईबलात्कार गर्ने अरु कोही नभएर तिनै बालीकाका आफ्नै दाई थिए । एउटै कोखबाट जन्म लिएका नभए पनि १३ दिने खलकका दाईले बहिनीको अस्मितामा दाग लगाएका छन् । चंखेली गाउपालिका २ दार्माको बालज्योती आधारभुत विद्यालयमा कक्षा २ मा पढ्दै आएकी बहिनीलाई कापी कलम दिने प्रलोभनमा पारी आफ्नो घरमा बोलाएर घरमा कोही नभएको समयमा दाईले आफूमाथि करणी गरेको उनले आरोप लगाएकी छन्।

आफ्नै १३ दिने खलककी बहिनीलाई बलत्कार गरेका अन्दाजी १५ बर्षका किशोर अहिले फरार छन् । उनी २६ गतेबाटै फरार भएको र अहिले उनको खोजीकार्य भई रहेको प्रहरीले बताएको छ ।

२६ गते घटना भएको भएपनि प्रहरीले २७ गते राति ९ बजे मात्र खबर भएको र त्यस लगत्तै घटनास्थलमा प्रहरी पुगेपनि २६ गते नै ती किशोर फरार भई सकेकाले अहिले प्रहरी निरिक्षक नेतृत्वमा तीव्र रुपमा खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बुधबार आफ्नै दाजुबाट बलात्कृत भएकी बालिका आमासहित ३ दिन पैदल हिडेर शनिबार जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिन पुगेकी छन् ।

बलात्कार आरोप लागेका किशोर भने महादेव माध्यमिक विद्यालयमा दार्मामा कक्षा ९ मा अध्ययनरत अन्दाजी १५ वर्षका रहेका छन् ।

यति बेला बालीकालाई बलत्कार गर्ने दाजुलार्ई प्रहरीले खोजीरहेको छ । आफ्नै दाजुबाट पीडित बनेकी बालिकाको सुन्दर भविस्यको कल्पना समेत यतिबेला ओझेलमा पर्ने डर उनका परीवारलाई छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post