दक्षिणकालि माताको उत्पति कसरी भएको थियो त पढ्नुहोस अनि ॐ लेखी भेटि स्वरूप एक सेयर गर्नुहोस

दक्षिणकालीको महिमा र उत्पत्ति विभिन्न भाषा वंशावली ऐतिहासिक साँस्कृतिक अनुश्रृति हस्त लिखित शिलापत्र ताम्रपत्रहरु समेत अध्ययन गरी यथार्थ वाक्यहरुमा देखिए अनुसार श्री दक्षिणकाली माईको स्थापना राजा प्रताप मल्लले गरेका हुन्।

स्वप्नविषे प्राप्त भएको ज्ञानलाई प्रताप मल्लले याद नगरी हिड्दा दक्षिणकालीमाई कुमारी कन्यामा प्रवेश भई प्रत्यक्ष आज्ञा भयो ‘ मेरो स्वयम्भु मूर्ति अप्रकाशित छ,’ मलाई मूर्तिमान बनाइ स्थापना गर।’ यसले ऐश्वर्य पाउनुका साथै माहामारी भएपनि निवारण होला भनेको सिलापत्रमा लेखिएको छ।

त्यसपछि प्रतापमल्लले उनको मूर्ति निर्माण गर्न लगाएका हुन् । जब मूर्ति निर्माण कार्य पुरा भयोa, तब दोस्रो पटक फेरि स्वप्नविषे प्रशन्न भयो। यो मुर्ति त मेरो अप्रकाशित ध्यान हो भनी राजाले उक्त मूर्ति आफ्नो दरवार मोहन चोकमा स्थापना गर्न लगाए।

त्यसपछि राजाले तान्त्रिक विद्यामा निपूर्ण गुरु नृसिंह लम्बकर्ण भट्ट डाकी उक्त मूर्ति देखाउँदा यो मुर्ति त प्राचिन कालमा उत्पति भएको बताए। दक्षिणकोणको दक्षिणयात्मक पीठ शिखरापुर ९फर्पिङ० समिपमा रहेको गोरखनाथ म्हँगु पर्वतको माथिल्लो नगर्चो थुम्कोमा श्री दक्षिणकाली माई र उनका गणहरुको बासस्थन पीठको जस्तै भएकाले अझ तेज बढेर उक्त मूर्तिबाट जाज्वल्यमान जागृह भई मानिसलाई सम्हाल्न साह्रै गाह्रो भयो । आम्नायु सम्बन्ध उषाम्नाथ नाम्रिका सष्कमा पातिभीषण षड्भुजा चामुण्डाकोशव वाहन आसन भएको मूर्तिमा तीन नेत्रको सट्टा दुई नेत्रमात्र राखी निर्माण गर्न लगाउन सल्लाह दिइयो।

जब मूर्ति तयार भयो, राजा, मन्त्री ९भिममल्ल र गुरुका सल्लाह अनुसार कान्तिपुरको दक्षिणकोणको शिखरापुर नजिक नदीको संगम पूर्ववत्ती गंगा तथा उद्धारवती गंगाको दोभानमा मुर्ति राखी सो मूर्ति नगर्चोडाडाँको उक्त अप्रकशित कोरा पाषणट जीवरुपम सट्टा निकाली तेज खिचेर साधना गरी मध्य रातमा महाँ पूजाकोट्याहुति सहस्रवली तथा यज्ञगरीकन प्रतिस्था कर्म र विधि विधान पूर्वक वैशाख शुक्ल ३ का दिनमा उद्घाटन गरी विराजमान गरिएको हो ।

राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमि पर रहेको कालीदेवीको मन्दिर नै दक्षिणकाली मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो ऐतिहासिक महत्वले भरिपूर्ण मन्दिर हो।

चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्। उक्त स्थानमा श्री दक्षिणकाली माईको अष्टमातृका विहार गर्न स्थान बनाइएको हो। उनलाई दक्षिकाली माईको आमा हुन् भनी पूजा आरधना गरिन्छ। पहिला निर्माण गरिएको तिन नेत्र भएको सुन्दरकाली राजाको राजकुल दरवार सुन्दरचोकमा षडाम्नाय, दशानाय, षोडशाम्नाय मुर्तिमा चौषठठी योगिनी आवण देवता भएको स्थानमा स्थापना गरी विराजमान गरिएको हो।

त्यसपछि नेपालका राजा श्री गीवार्णयुद्ध विक्रम शाहबाट श्री दक्षिणकाली माईको नित्य पूजा तथा महापूजाको लागि फफिङ इलाकका भित्र परेको जग्गा ५ सय ४ मुरी खेत राजगुठीमा राखी त्यहाँको आयस्ताबाट उनको पूजाआजा चलाउन भनी १८५६ मा ताम्रपत्र समेत खडा गरी विधिपूर्वक संकल्प गरी पूजा तथा महापूजा चलाइ राखिएको छ।

पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृतिमा केही चोटहरु देखिन्छ। महापूजा वर्षको दुई पटक गरिन्छ । वैशाख कृष्ण त्रयोदशी र भादै कृष्ण अष्टमीका दिनमा पूजा गर्ने चलन छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post