२० वर्ष कटेपछि जो कोही युवतीमा आउने यस्ता परिवर्तनहरु...हेरौं

बढ्दो उमेरसंगै केटीहरुको शरिरमा कयौं परिवर्तन आउँछ। यो क्रममा विभिन्न स्वास्थ्य समस्या पनि हुन्छन्, जसलाई सहि समयमा पत्ता लगाई समाधान गर्न पनि सकिन्छ। २० वर्ष उमेर कटेपछि केटीमा आउने केही परिवर्तनबारे चर्चा गरिएको छ।

तौल बढ्नु: २० वर्षको उमेर पश्चात केटीहरुको मेटाबोलिज्म ढिलो हुन थाल्छ। जसको कारण शरिरको तौल बढ्ने गर्छ।

समाधान: धेरै चिल्लो अनि गुलियो खाना खानबाट बच्नुपर्छ। दैनिक ३० मिनेट हिड्ने वा कसरत गर्नाले शरिरको तौल नियन्त्रण गर्न सकिन्छ।

रजस्वला: सामान्यतया टिनएजको सुरुवातबाटै रजस्वला चक्र सुरु भएपनि २० वर्षको उमेर पश्चात यो चक्रको समय हर्मोनल इन्ब्यालेन्सको कारण तलमाथी हुन सक्छ।

समाधान: खानामा फल र हरियो सागपातको मात्र बढाउनु पर्छ। जसमा भरपुर आइरन, भिटामिन, मिनरल्स र एन्टीअक्सिडेन्ट्स हुन्छ। यसले रजस्वला नियमित गर्न सहयोग गर्छ।

कपाल: २० वर्षको उमेर पश्चात केटीहरुको छाती, पेटमा रौं बढ्न सक्छन्। साथै हर्मोनल परिवर्नको कारण कपाल सुख्खा हुने समस्या देखिन सक्छ।समाधान: कपाल हटाउन हेयर रिमुभर क्रिमको वा रेजरको प्रयोग गर्न सकिन्छ। लेजर गरेर सधैको लागि रौँ हटाउन सकिने प्रविधि पनि अहिले उपलब्ध भइसकेको छ।साथै सुख्खा कपालको समाधानको लागि ३(४ चम्चा जैतुनको तेलले मालिस गर्न सकिन्छ।

डण्डिफोर: उमेर बढ्दै जाँदा केटीको शरिमा हुने हर्मोनल परिवर्तनको कारण डण्डिफोर आउने अनि छाला सुख्खा हुने समस्या देखिनसक्छ।समाधान: धेरै तेल वा चिल्लो भएको खाना खानु हुँदैन। दिनमा २(३ पटक सफा पानीले मुख धुन सकिन्छ।रोगप्रतिरोध बढ्छ:-२० वर्षको उमेर पश्चात विभिन्न हर्मोनल परिवर्तनको कारण केटीहरुको रोग प्रतिरोध क्षमता बढ्छ।
ध्यान दिनुपर्ने कुरा:

१. उमेर बढेसंगै व’क्षस्थलको आकार पनि बढ्दै जान्छ। स्त’नमा हुने कुनै प्रकारको परिवर्तन, जस्तो चिलाउने, सुन्निने वा गाँठो पर्ने भए तत्काल डाक्टरको सल्लाह लिनु उचित हुन्छ। यस्तो कुनै ठूलो स्वास्थ्य समस्याको संकेट हुन सक्दछ।

२. ओठको रंग यदि गुलावको छैन। यो नरम नभई सुख्खा छ भने कलेजोको समस्या हुन सक्दछ।

३. धैरै हिड्दा मसल स्ट्रेनको कारण खुट्टाको तल्लो भागमा दुखाइ हुन सक्छ। यदि लामो समय यो दुखाइ रहिरहे खुट्टा सुनिन सक्छ, यो ब्लड क्लटको संकेत हुन सक्छ। यदि यस्तो भए डाक्टरको सल्लाह लिनु उचित हुन्छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post