बाढीमा फसेका बालकलाई नेपाली सेनाले यसरी गरे उद्धार

अहिले सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल बनेको छ फोटोमा नेपाली सेनाले एउटा बालकलाई आमाले आफ्नो बच्चा काखमा राखेकै जसरी आफ्नो काखमा राखेर सु”रक्षित स्थान तिर लैजाँदै गर्दा उत्त फोटो खिचिएको हो अहिले यो फोटो भने सामाजिक संजाल मा चारै तिर देखिएको छ ।

फोटो हेर्दा आमा भन्ने एउटा तस्विरमा आमाले आफ्नो बालकलाई यसरी नै आफ्नो काखमा राखेको एउटा दयनिय फोटो थियो । तर अहिले यी सेनाले यो बालकलाई समातेको देख्दा पनि झट्ट ती आमाको नै याद आउँछ । सलाम छ यि सेनाको कार्य लाई ।

यो पनि : मेलम्ची नदीमा बाढी आउन थालेको खबर पाएपछि स्थानीय सरकारका एक जना जनप्रतिनिधिले लिएको पहलकदमीले मेलम्ची बजार क्षेत्रका सयौं बासिन्दाको ज्यान जोगिएको छ।

मेलम्ची नदीमा आएको बाढीले १ असार साँझ सिन्धुपाल्चकको मेलम्ची बजार क्षतविक्षत बनाएको छ भने एक सय परिवार विस्थापित भएका छन्। पूरै बजार क्षतिविक्षत भए पनि मानवीय क्षतिबाट भने जोगिएको छ।

यति धेरै मान्छेको ज्यान जोगाउने श्रेय भने मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रुद्रप्रसाद दुलाललाई जान्छ। वडाध्यक्ष दुलालले लिएको पहलकदमीले मेलम्चीका सयौं बासिन्दाको ज्यान जोगिएको हो।

खेतबारी तथा कामकाजमा गएका स्थानीय बासिन्दा पनि १ असार साँझ घर फर्किसकेका थिए। साँझाको खानपिन गर्ने समय भएको थियो। त्यही बेला आएको बाढीबाट कसरी मेलम्चीबासी जोगिए ? वडाध्यक्ष रुद्रप्रसाद दुलालकै शब्दमा 

उत्तरी क्षेत्रमा पानी परिरहेको खबर दिउँसैदेखि आइरहेको थियो। बाढीपहिरोको खबर थिएन। त्यसैले सबै आ–आफ्नो काममा व्यस्त थिए।
हामी पनि निर्माणको काममा थियौं। मेलम्ची(११ को ऐतिहासिक पुल बजार क्षेत्रमा स्थानीय बासिन्दाको सहकार्यमा ढल तथा सडक ढलानको काम गरिरहेका थियौं।

साँझ एकाएक ‘बाढी आउन लाग्यो, सुरक्षित रहनुस्’ भनेर फोन आयो। मलाई खबर आउने बित्तिकै सुरक्षा निकायलाई खबर गरेँ। मसँग भएका वडाबासीका सबै नम्बरमा पालैपालो फोन गरेँ। त्यसपछि सुरक्षाकर्मी र मेलम्चीका सबै सार्थीहरू परिचालन भए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post