बाँसको तामाको अचार, तरकारी खानु भाको छ भने एकचोटी अवश्य पढ्नुहोला, यस्ता छन् फाइदाहरु

काठमाडौँ । बाँसको तामाको तपाईं अचार, तरकारी वा सुप, के खानुहुन्छ रु जसरी खाए पनि यो स्वादिष्ट त हुन्छ नै यसले मानव स्वास्थ्यमा समेत फाइदा पुयाउँछ । मो सेबनले मुटुको लागी राम्रो फाइदा गर्छ ।

खासगरी, तामे, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो सब्जी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ । जुन स्थानीय तामाभन्दा महँगो हुन्छ ।

तामाबाट विभिन्न परिकार बनाउछ सकिन्छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचार पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ खानाकोसुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ ।

बाँसलाई ‘घाँसको राजा पनि भन्ने गरिन्छ । बाँसको कलिलो भागलाई नै तामा भन्ने गरिन्छ । एसियामा यो प्रचलित सब्जी तामालाई हामी अचार वा सब्जीको रूपमा प्रयोग गर्दछौं । तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो ।

मामा भिटामिन बीट, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ ।
– यसमा प्रोटिनमात्रा भरपुर हुने भएकाले शरीरको प्रतिरोधक क्षमता बढ़ाउँछ ।

Post a Comment

Previous Post Next Post