भूलेर पनि कहिल्यैँ यी ठाउँमा तुलसी नरोप्नुहोस्, नत्र निम्ति सक्छ दुर्भाग्य

धार्मिक रुपमा होस वा प्राकृतिक रुपमा होस तुलसीको अत्यन्त महत्व रहेको छ। यसको सेवन वा प्रयोग गर्नाले धेरै कुरा फाइदा लिन सकिन्छ ।

यो अत्यन्तै बहुगुणी बृक्ष हो । तर यसको प्रयोग गर्न जान्नुपर्छ । गलत तरिकाले तुलसीको प्रयोग गर्दा फाइदा होइन बेफाइदा पनि हुन सक्छ । कहिल्यै नचपाउनुहोस् तुलसीको पातमा एक प्रकारको र-सायन हुन्छ ।

जसले हाम्रो दाँतमा भएको क्याल्सियमलाई सोस्ने काम गर्छ । त्यसैले यसलाई चपाउनु एकदमै हा-नीकारक मानिन्छ । त्यसैले तुलसीको पात खानुपरेमा नचपाई पानीसँग निल्नु सबैभन्दा लाभदायी मानिन्छ ।

शिव लि- ङ्गमा नचढाउनुहोस् :- हिन्दु धर्मका ग्रन्थअनुसार, एकचोटि शिवलाई हराउन भनेर जालन्धरले शिवसँग यु.. गर्न जाँदा सबै देवताहरू जालन्धरको अमर शक्तिबाट हैरान हुन्छन् ।

त्यसैबेला विष्णु भगवानले जालझेल गरी वृन्दाको पतिव्रत धर्म लु-टिदिन्छन् र शिवजीले जालन्धरलाई हराउन सफल हुन्छन्।

विष्णुको यस्तो छलकपटबाट क्रोधित वृन्दाले विष्णुलाई तुलसी वृक्षको रूप लिनुपरोस् भनेर श्रा-प दिन्छिन् र आफ्नो पति जालन्धरको व-ध गरेको हुनाले शिवजीलाई कहिल्यै पनि तुलसीको पवित्र पात नचढोस् भनेर श्रा-प दिन्छिन् ।

तुलसीको पात टिप्न नहुने दिनहरु : आइतबारको दिन, एकादशीको दिन अनि सूर्य ग्रहण लागेको दिनमा कहिल्यै पनि तुलसीको पात टिप्नुहुँदैन भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ ।

गणेश भगवानलाई कहिल्यै नचढाउनुहोस् : हिन्दु धर्म ग्रन्थ अनुसार गणेश भगवानले वृन्दाको श्रा-पलाई कम गरीदिए ‘नश्वर संसारमा जुन वृक्ष भएर जन्म लिन्छौ, त्यस वृक्ष एकदमै पवित्र होस् तर मेरो पूजा गर्दा तिम्रो पात चढाउन नहोस् त्यसकारण नै गणेशको पूजा गर्दा तुलसीको पात चढाउनु अशुभ मानिन्छ ।

घरभित्र तुलसी नरोप्नुहोस् : हिन्दु धर्मग्रन्थमा उल्लेख भए अनुसार जालन्धरको मृ- त्युपश्चात विष्णुले वृन्दालाई आफ्नी श-खीको रूपमा मानेका थिए । अनि वृन्दाले आफूलाई पनि उनकै साथ लैजान विष्णुसँग आग्रह पनि गरिन्।

तर विष्णुले अस्वीकार गरे र भने “मेरी धर्मपत्नी लक्ष्मी हुन् तर तिमी सदा मेरो हृदयमा हुनेछौ” त्यसपछि वृन्दाले विष्णुको घरबाहिर आँगनमा बस्न पाउने आग्रह गरिन्, जुनलाई विष्णुले स्वीकार गरे । त्यसैले नै विष्णु र वृन्दारूपी तुलसीको मोठलाई घरबाहिर राख्नुपर्ने, घरभित्र राख्दा अशुभ हुने विश्वास गरिन्छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post