विश्वका एक सय २० मुलुकमा शान्ति सेनामा योगदान गर्नेमा नेपाल तेस्रो

संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापनाका लागि फौज पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा परेको छ।

शान्ति सेनामा योगदान दिने विश्वका एक सय २० भन्दा बढी मुलुकमा नेपालले उक्त स्थान कायम गरेको हो। यसअघि नेपाल क्रमस पाँचौं र चाैँथो नम्बरमा पर्न सफल भएको थियो।

नेपाल पाँच हजार ६ स ८६ फौजसहित तेस्रो स्थानमा परेको नेपाली सेनाले जनाएको छ। हाल संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि विभिन्न द्वन्द्वग्रस्त मुलुकमा नेपाली शान्ति सैनिकहरू कन्टिन्जेन्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतका रुपमा खटिने गरेका छन्। सन् १९५८ मा पहिलोपटक लेबनानमा (युएनओजिआइएल) मा पाँचजना सैनिक पर्यवेक्षक सहभागी भएका थिए।

त्यस यता नेपालले निरन्तर शान्ति सेनामा योगदान दिँदै आएको छ। नेपालले युएनको आग्रहमा १० हजार शान्ति सैनिक उपलब्ध गराउन सक्ने प्रतिबद्धता जनाइसकेको छ। युएनअन्तर्गत शान्ति मिसनमा सबैभन्दा धेरै सैनिक उपलब्ध गराउने १०औं नम्बरसम्म पर्ने मुलुकका प्रतिनिधिहरूले युएनका कार्यक्रममा सहभागी हुँदा विशेष सुविधा प्राप्त गर्ने प्रावधान रहेको सैनिक अधिकारी बताउँछन। शान्ति सैनिककै कारण युएनमा नेपालको विशेष मूल्यांकनसमेत हुने गरेको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post