चीनले १ घण्टामा पृथ्वीको ३ चक्कर लगाउन सक्ने विमान बनायो

एजेन्सी – चीनले उड्ने हा’इपरसोनिक विमानको परीक्षणका लागि एक हा’इपरसोनिक टनेल बनाइरहेको छ । यो टनेलमा विमानको परीक्षण २३ हजार माइल प्रतिघण्टा अर्थात ३७ हजार १२ किलोमिटर प्रतिघण्टाको गतिमा हुने छ ।

अर्थात् यो विमानबाट एक घण्टामा पृथ्वीलाई तीन चक्कर लगाउन सकिन्छ । पृथ्वीको ब्यास १२ हजार ७१४ किलोमिटर छ भने यस विमानको गति ३७ हजार १३ किलोमिटर हुने छ ।चीनको हाइपरसोनिक एजेन्सी इ’न्सटिच्युट अफ मेकानिक्ससँग काम गर्ने गुइलईका अनुसार यति छिटो गतिमा यात्रा गर्ने जेट विमान १० हजार डिग्री सेल्सियससम्म पुग्नसक्छ र हावाका अणु र परमाणुलाई पनि तोड्न सक्छ ।

चाइनिजएकेडेमी अफ साइन्सेन्जका शोधकर्ता हान गुइलईले एक अनलाइन ले’क्चरमा भनेका छन्, ‘जे एफ–२२ टनेलमा विमानको परीक्षण ध्वनिको गतिभन्दा ३० गुणा बढी रफ्तारमा हुने छ । यसबाट चीन पश्चिमा देशहरुभन्दा २० देखि ३० वर्ष अगाडि हुने छ ।’

साउथ चाइना मर्निङ पोष्टको रिपोर्ट अनुसार चीन, अमेरिका र रुसले मि’साइलसहित हा’इपरसोनिक उडान प्रविधिको विकासमा ठूलो लगानी गर्दै आएका छन् ।यो नयाँ प्रविधिबाट सुपरफास्ट जेट विमानमार्फत् विश्वको कुनै पनि देशमा दुई घण्टा वा त्योभन्दा कम समयमा उडान भर्न सम्भव हुन्छ ।
उनले भनेका छन्, ‘यो हावा हावा हुनेछैन जसबाट हामी सास लिन्छौं । हामी जुन उड्ने विमानको अध्ययन गरिरहेका छौं, त्यो हिलोमा पौ’डिएजस्तो हो ।’उनका अनुसार या’न्त्रिक क’म्प्रेसरको उपयोग गर्नुको साटो बेइजिङले उच्च गतिको वायु प्रवाह उत्पन्न गर्नका लागि रासायनिक विष्फोटको उपयोग गर्नेछ ।

जे’एफ–२२ मा इन्धन एक नियमित ग्यास स्टोभको तुलनामा १० करोड गुणा बढी तेजले जल्दछ र त्यसको शक्तिबाट विमान चल्दछ ।अमेरिकामा सबैभन्दा उन्नत विण्ड टनेल LENS II मा ३० मिलिसेकेण्डसम्म उडान हुन्छ । यसको तुलनामा जेएफ–२२ को औसत उडान सिमुलेशन १३० मिलिसेकेण्डसम्म पुग्ने चि’नियाँ वैज्ञानिकको भनाइ छ ।

गु’इलईले भनेका छन्, हाम्रो अनुसन्धानको समय अन्य देशको तु’लनामा लामो छ । त्यसैले यस विमानको मोडल उनीहरुकोभन्दा ठूलो हुनसक्छ र अनुसन्धान पनि उनीहरुको भन्दा उन्नत हुने छ । यसले विश्वमा चीनको अ’ग्रणी स्थान नि’र्धारण गर्ने छ ।’

चीनको रकेट कार्यक्रमका पिता भनिने कि’यान जुसेनले सन् १९४६ मा पहिलोपटक ‘हा’इपरसोनिक’ श’व्द उल्लेख गरेका थिए । उनको अनुसन्धानमा वायु प्रवाहको गति ध्वनिको तुलनामा पाँच गुणा तेज पाइएको थियो ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post