ईयरफोनको यो गल्तीले तपाईंलाई बनाउनसक्छ बहिरो

काठमाडौं । शरीरका कतिपय अंगहरू संवेदनशील हुन्छन् । कानको जाली पनि एकदमै संवेदनशील अंग हो। भूलवश पनि यसमा सानो चोट लाग्यो भने बहिरो हुने समस्या आउन सक्छ । अन्य कारणले पनि मानिस बहिरो हुन सक्छ। ईएनटी विशेषज्ञ डा जयप्रकाशले बहिरोपनका केही कारणको बारेमा चर्चा गरेका छन्।

दिनदिनै तीन वा चार घन्टा ईयरफोनमा चर्को आवाजका साथ संगीत सुन्दा कानको जालीमा हानि पुग्छ। बहिरो पनि हुन सक्छ मानिस।कानलाई स्याहार नगर्दा कानमा संक्रमण हुन सक्छ। यसकारण कानको जाली बिग्रन्छ र नसुन्ने समस्या आउन थाल्छ।

एक सय २५ डेसिबलभन्दा माथिको लाउडस्पीकरलाई लगातार सुन्दा कानको जाली क्षतिग्रस्त हुन्छ। अनि बहिरो हुने सम्भावना बढ्छ।न्युरोमा, प्याराग्यांग्लियोमा र मेनिन्जियोगा लगायतका ट्युमरका कारण पनि कानले सुन्न छोड्छ।

उमेर बढेपछि कानको नसा कमजोर हुन थाल्छ । यसले बहिरोपनको समस्या ल्याउँछ।कानमा लामो समयसम्म फोहोर जम्मा भएमा संक्रमण हुन्छ र यसले बहिरो बनाउँछ।मधुमेहका कारण न्युरोप्याथीको समस्या भएमा पनि श्रवणशक्ति हराउँछ। एजेन्सी

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post